नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान

इरानले नयाँ र अत्याधुनिक रक्षा प्रणाली विकास गरेको बताउँदै सोही प्रणालीले अमेरीकी दुई लडाकु विमान खसालेको बताएको छ ।
इरानको संयुक्त सैन्य कमान्ड खाताम अल-अन्बियाुका अनुसार शुक्रबार अमेरिकी लडाकु विमान खसाल्न इरानले नयाँ हवाई रक्षा प्रणाली प्रयोग गरेको छ।
इरानी सरकारी सञ्चारमाध्यमका अनुसार, संयुक्त सैन्य कमान्डका प्रवक्ताले अब इरानले आफ्नो हवाई क्षेत्रमा निश्चित रूपमा पूर्ण नियन्त्रण कायम गर्ने बताएका छन् ।
अमेरिकी लडाकु विमान खसालिनुअघि राष्ट्रपति ट्रम्प र पेट हेगसेथ दुवैले इरानी आकाशमा अमेरिकाको पूर्ण वर्चस्व रहेको दाबी गरेका थिए।
इरानको इस्लामिक रिभोलुसनरी गार्डले यो नयाँ प्रणालीले एफ ३५ जस्ता आधुनिक पाँचौँ पुस्ताका विमानहरूलाई पनि सटिक रूपमा निसाना बनाउन सक्ने दाबी गरेको छ।
विगत एक महिनादेखि आकाशमा अमेरिका र इजरायलको वर्चस्व रहे पनि इरानले अब आफ्नो हवाई क्षेत्रमा ूपूर्ण नियन्त्रणू कायम गर्ने प्रतिबद्धता जनाएको छ।
















हिमाल आरोहणका क्रममा लडेर घाइते भएका आरोहीको उद्दार
स्थानान्तरण र व्यवस्थापनमा सहरी विकास मन्त्रालयको पहल
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
बाजुरामा स्काभेटर दुर्घटना हुँदा एक जना बेपत्ता
उचित मूल्य नपाएको केरा उत्पादक किसानको गुनासो
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
हर्मुजमा बारुदी सुरुङ बिछ्याइरहेका डुङ्गा नष्ट गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन
प्रतिक्रिया