उपत्यकाका पसल बिहान ९ बजेसम्म मात्र खोल्न पाउने, बेलुका पूर्ण बन्द
मेरोन्यूज
२०७८ वैशाख २१ गते १५:२९

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९)को महामारी बढेपछि उपत्यकाका पसलहरू बिहान ९ बजेसम्म मात्र खोल्न पाउने निर्णय भएको छ । मंगलबार उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरूको बैठकले बिहान ९ बजेसम्म मात्रै पसल खोल्न पाइने र बेलुका पूर्ण रुपमा बन्द गरिने निर्णय गरेको हो ।
नागरिकलाई अत्यावश्यक कामबाहेक बाहिर निस्कनेलाई कडाई गरिने काठमाडौँका प्रमुख जिल्ला अधिकारी काली प्रसाद अधिकारीले जनाए । बैंक तथा वित्तिय संस्थामा केन्द्रीय कार्यालयको हकमा २० प्रतिशत कर्मचारी र शाखामा २५ प्रतिशत कर्मचारी राखेर सञ्चालन गर्न पाइने उनले जनाएको छ ।
सरकारी कार्यालय, मन्त्रालय र विभागमा ४० प्रतिशत कर्मचारीबाट सेवा प्रवाह गरिने समेत उनले जानकारी दिए ।
सम्बन्धित
















इरान युद्धले विश्व अर्थतन्त्रमा दबाब
लहानमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन
यूएईमाथि नेपालको जित, लिग-२ मा चार लगातार हारपछिको विजयले तालिकामा राहत
इरान युद्ध अन्त्यका लागि अमेरिकी वार्ता टोली शनिबार पाकिस्तान प्रस्थान
संसदका दुवै सदनको अधिवेशन आह्वान
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
प्रतिक्रिया