अश्विनीलाई ‘बेस्ट कोरियोग्राफर’ को अवार्ड

काठमाडौं । नेपालका चर्चित कोरियोग्राफर अश्विनी झालाई ‘बेस्ट कोरियोग्राफर अफ दी ईअर’ अवार्ड प्रदान गरिएको छ । राजधानीमा सम्पन्न ‘नेपाल म्यूजिक एण्ड फेशन अवार्ड’ समारोहमा कोरियोग्राफर अश्विनी झा वर्षको उत्कृष्ट कोरियोग्राफर विधामा सर्वोत्कृष्ट ‘फेसन तथा पेजेन्ट कोरियोग्राफर अफ दि इयर’ को अवार्ड पाएका छन् ।
विगत लामो समयदेखि ब्यूटी पेजेन्ट तथा फÞैशन क्षेत्रमा सक्रिय कोरियोग्राफर अश्विनीले तीन सयभन्दा बढी सोहरूको कोरियोग्राफी गरिसकेका छन् । कोरियोग्राफर झा २०७७ सालमा युवा तथा खेलकूद मन्त्रालयबाट राष्ट्रिय युवा प्रतिभा पुरस्कारबाट सम्मानित भइसकेका छन् । २०७७ सालमै उनी नेसनल इंटरटेनमेंट अवार्ड पनि प्राप्त गर्न सफल भए । यसअघि सिंगापुरमा आयोजित एक विषेश समारोहमा उनले गोल्डन ब्राण्ड अवार्डमा बेस्ट कोरियोग्राफर सावित भएर नेपालको गरिमा बढाएका थिए ।
२०७५ सालमा आयोजित समारोहमा झा ‘हिरो अफ द मधेश’ अवार्डबाट सम्मानित भएसँगै सन् २०१७ मा ‘रैम्जोन एक्सलेन्स’ अवार्डबाट पनि सम्मानित भईसकेका छन् । कोरियोग्राफर झा सम्मानित भएको उक्त विशेष समारोहमा फेसन, मोडलिङ क्षेत्रमा कार्यरत विभिन्न व्यक्तित्वहरूलाई पनि उक्त समारोहमा वर्षको उत्कृष्ट अवार्ड प्रदान गरिएको छ ।
नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त अवार्ड समारोह स्टार वन इन्टरटेनमेन्टको आयोजना र विलक्षण क्रियसनको व्यवस्थापनमा भएको थियो । बेस्ट पेजेन्ट डिरेक्टर अफ दि इयर (मेल) निशुकान्त झा, बेस्ट पेजेन्ट डिरेक्टर अफ द इयर (फिमेल) प्रतिमा कार्कीले पुरस्कार प्राप्त गरेका छन् । यसैगरी, हेयर स्टाइलिस्ट रीना अवाले मेकअप आर्टिस्ट, गीता पौडेल ¥याम्प मोडल, एन्जल श्रेष्ठ ¥याम्प मोडल (बाल), जियान श्रेष्ठ तथा इन्टरनेसनल उमन एचिभर मनीषा डंगोल, पेजेन्ट मोडल (मोफसल) आकांक्षा विश्वकर्मा पुरस्कृत भएका छन ।











मतदाता नामावली उत्साहपूर्वक संकलन गरिँदै
तीन अर्ब बराबरका दुई वटा बचतपत्रको बिक्री खुला
जनसभाका लागि एमालेका केन्द्रीय नेता जिल्लामा
लडेर बालिकाको मृत्यु,
राजनीतिक दल र युवा पुस्ता एकताबद्ध हुनुपर्नेमा जोड
आज २०८२ साल कात्तिक २७ गते बिहीबारको राशिफल
ओली हावा कुरा गर्छन्, उनीबाहेक एमालेका सबै नेता हाम्रोमा आउँछन् : प्रचण्ड
मधेस प्रदेशका सभामुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता
जेनजी युवाको अभिभावक नै नेपाली कम्युनिष्ट पार्टी हो: संयोजक दाहाल
आईजीपी कार्कीको निर्णय : कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्मलाई सहुलियत कर्जा बढाउने
प्रतिक्रिया