अश्विनीलाई ‘बेस्ट कोरियोग्राफर’ को अवार्ड

काठमाडौं । नेपालका चर्चित कोरियोग्राफर अश्विनी झालाई ‘बेस्ट कोरियोग्राफर अफ दी ईअर’ अवार्ड प्रदान गरिएको छ । राजधानीमा सम्पन्न ‘नेपाल म्यूजिक एण्ड फेशन अवार्ड’ समारोहमा कोरियोग्राफर अश्विनी झा वर्षको उत्कृष्ट कोरियोग्राफर विधामा सर्वोत्कृष्ट ‘फेसन तथा पेजेन्ट कोरियोग्राफर अफ दि इयर’ को अवार्ड पाएका छन् ।
विगत लामो समयदेखि ब्यूटी पेजेन्ट तथा फÞैशन क्षेत्रमा सक्रिय कोरियोग्राफर अश्विनीले तीन सयभन्दा बढी सोहरूको कोरियोग्राफी गरिसकेका छन् । कोरियोग्राफर झा २०७७ सालमा युवा तथा खेलकूद मन्त्रालयबाट राष्ट्रिय युवा प्रतिभा पुरस्कारबाट सम्मानित भइसकेका छन् । २०७७ सालमै उनी नेसनल इंटरटेनमेंट अवार्ड पनि प्राप्त गर्न सफल भए । यसअघि सिंगापुरमा आयोजित एक विषेश समारोहमा उनले गोल्डन ब्राण्ड अवार्डमा बेस्ट कोरियोग्राफर सावित भएर नेपालको गरिमा बढाएका थिए ।
२०७५ सालमा आयोजित समारोहमा झा ‘हिरो अफ द मधेश’ अवार्डबाट सम्मानित भएसँगै सन् २०१७ मा ‘रैम्जोन एक्सलेन्स’ अवार्डबाट पनि सम्मानित भईसकेका छन् । कोरियोग्राफर झा सम्मानित भएको उक्त विशेष समारोहमा फेसन, मोडलिङ क्षेत्रमा कार्यरत विभिन्न व्यक्तित्वहरूलाई पनि उक्त समारोहमा वर्षको उत्कृष्ट अवार्ड प्रदान गरिएको छ ।
नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त अवार्ड समारोह स्टार वन इन्टरटेनमेन्टको आयोजना र विलक्षण क्रियसनको व्यवस्थापनमा भएको थियो । बेस्ट पेजेन्ट डिरेक्टर अफ दि इयर (मेल) निशुकान्त झा, बेस्ट पेजेन्ट डिरेक्टर अफ द इयर (फिमेल) प्रतिमा कार्कीले पुरस्कार प्राप्त गरेका छन् । यसैगरी, हेयर स्टाइलिस्ट रीना अवाले मेकअप आर्टिस्ट, गीता पौडेल ¥याम्प मोडल, एन्जल श्रेष्ठ ¥याम्प मोडल (बाल), जियान श्रेष्ठ तथा इन्टरनेसनल उमन एचिभर मनीषा डंगोल, पेजेन्ट मोडल (मोफसल) आकांक्षा विश्वकर्मा पुरस्कृत भएका छन ।

















अमेरिकी विशेष दूत गोर र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
हाइस गाडीको ठक्करबाट बर्दियामा एक बालिकाको मृत्यु
दश बुँदे घोषणापत्र जारी गदैर्ए ‘बन्दीपुर गाउँ पर्यटन मार्ट २०८३’ सम्पन्न
भारतबाट सामान ल्याउँदा भन्सार तिर्नुपर्ने निर्णयपछि नेपाली बजार चलायमान बन्दै
नोबेल पुरस्कार विजेता नर्गिस मोहम्मदी अस्पतालमा भर्ना
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
प्रतिक्रिया