मुख्यमन्त्री पोरखेलद्वारा १० सदस्यीय मन्त्रिमण्डल पुनःगठन
मेरोन्यूज
२०७८ वैशाख २१ गते २१:३५

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोरखेलले मन्त्रिपरिषद् पुनःगठन गरेका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले मुख्यमन्त्री पोखरेलको सिफारिशमा १० सदस्यीय मन्त्रिमण्डल पुनःगठन गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
पोरखेलले आर्थिक मामिला तथा योजना मन्त्रीमा वैजनाथ चौधरीलाई नियुक्त गरेका छन् ।
ग्रामीण तथा शहरी विकास मन्त्रीमा हरिप्रसाद रिजाल, आन्तरिक मामिला तथा कानून मन्त्रीमा चेतनारायण आचार्य, स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा भोजप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधार विकास मन्त्रीमा सन्तोषकुमार पाण्डेय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा धर्मबहादुर लाल श्रीवास्तव र उद्योग, वन तथा वातावरण मन्त्रीमा कल्पना पाण्डे नियुक्त भएको छ । यस्तै भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा सुमन शर्मा रायमाझी नियुक्त भएकी छिन् ।

सम्बन्धित










देशलाई निकास दिन सभापति छाड्न तयार छु, तर चुनावका लागि मात्रै भए सरी : रवि लामिछाने
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
जेनजीको रगतको थोपा खेर जान दिन्नँ – रवि लामिछाने
संसद् पुनर्स्थापना गरेर बैठक आह्वान गर्न राष्ट्रपतिसँग एमालेको माग
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया