अवकाश प्राप्त सैनिक स्वास्थ्यकर्मीलाई काममा फर्काउने तयारी
काठमाडौँ । देशमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण दर तीव्र गतिमा फैलिएसँगै नेपाली सेनाले अवकाश प्राप्त सैनिक स्वास्थ्यकर्मीहरूलाई सेवामा बोलाउने तयारी गरेको छ । देशमा कोरोना संक्रमण बढ्दै जाँदा जनशक्तिको अभाव हुन सक्ने भएको भन्दै सेनाले अवकाश प्राप्त सैनिक स्वास्थ्यकर्मीलाई काममा फिर्ता बोलाउने तयारी गरेको हो ।
सेनाले जुनसुकै बेला अवकाश प्राप्त स्वास्थ्यकर्मीलाई बोलाउन सक्ने भन्दै तयारी अवस्थामा रहन निर्देशन दिएको छ । हाल नेपालमा बढ्दै गएको कोरोना संक्रमण दरलाई मध्यनजर राख्दै यसको नियन्त्रण तथा रोकथाम गर्न विभिन्न योजना एवं आवश्यक तयारी गर्दै आएको छ ।
यस्तै, जंगी अड्डामा प्रधान सेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा बसेको विशेष बैठकले २०७२ सालपछाडि नेपाली सेनाको स्वास्थ्य सेवाबाट अवकाश प्राप्त गरेका स्वास्थ्यकर्मीलाई आवश्यक परेको बखत बोलाउन सक्ने गरी तयारी अवस्थामा बस्न भनिएको हो । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार अवकाश प्राप्त सेनाका स्वास्थ्यकर्मीलाई काम फर्काउने भएको हो ।
















इरान युद्धले विश्व अर्थतन्त्रमा दबाब
लहानमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन
यूएईमाथि नेपालको जित, लिग-२ मा चार लगातार हारपछिको विजयले तालिकामा राहत
इरान युद्ध अन्त्यका लागि अमेरिकी वार्ता टोली शनिबार पाकिस्तान प्रस्थान
संसदका दुवै सदनको अधिवेशन आह्वान
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
प्रतिक्रिया