अवकाश प्राप्त सैनिक स्वास्थ्यकर्मीलाई काममा फर्काउने तयारी
काठमाडौँ । देशमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण दर तीव्र गतिमा फैलिएसँगै नेपाली सेनाले अवकाश प्राप्त सैनिक स्वास्थ्यकर्मीहरूलाई सेवामा बोलाउने तयारी गरेको छ । देशमा कोरोना संक्रमण बढ्दै जाँदा जनशक्तिको अभाव हुन सक्ने भएको भन्दै सेनाले अवकाश प्राप्त सैनिक स्वास्थ्यकर्मीलाई काममा फिर्ता बोलाउने तयारी गरेको हो ।
सेनाले जुनसुकै बेला अवकाश प्राप्त स्वास्थ्यकर्मीलाई बोलाउन सक्ने भन्दै तयारी अवस्थामा रहन निर्देशन दिएको छ । हाल नेपालमा बढ्दै गएको कोरोना संक्रमण दरलाई मध्यनजर राख्दै यसको नियन्त्रण तथा रोकथाम गर्न विभिन्न योजना एवं आवश्यक तयारी गर्दै आएको छ ।
यस्तै, जंगी अड्डामा प्रधान सेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा बसेको विशेष बैठकले २०७२ सालपछाडि नेपाली सेनाको स्वास्थ्य सेवाबाट अवकाश प्राप्त गरेका स्वास्थ्यकर्मीलाई आवश्यक परेको बखत बोलाउन सक्ने गरी तयारी अवस्थामा बस्न भनिएको हो । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार अवकाश प्राप्त सेनाका स्वास्थ्यकर्मीलाई काम फर्काउने भएको हो ।









एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग
२०८२ साल मंसिर २८ गते आइतबारको राशिफल
आजका लागि विदेशी मुद्राको विनिमयदर यस्ताे
दाङकाे एक होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
प्रतिक्रिया