गैँडाकोट नगरपालिकाकाे अक्सिजनसहित २० श्ययाको आइसोलेशन तयार

नवलपरासी । नवलपरासीको गैँडाकोट नगरपालिकाले अक्सिजनसहितको २० श्ययाको आइसोलेशन तयार पारेको छ । वडा नं ११ स्थित गैँडाकोट नगर अस्पतालसँगै रहेको कभर्ड हललाई नै आइसोलेशनका रूपमा तयार गरिएको नगरप्रमुख छत्रराज पौडेलले जानकारी दिए ।
आइसोलेशनका लागि तीन कोठा निर्माण गरिएको छ । पौडेलले भने,“एउटा कोठामा १६ बिरामी राख्न सकिने तथा बाँकी दुई कोठामा दुई÷दुई बिरामी राख्न मिल्ने गरी आइसोलेशन तयार पारिएको छ ।” दुई एमबिबीएस चिकित्सकसहित एचए र अनमी कार्यरत सो अस्पतालमा आइसोलेशन सञ्चालनपछि थप दुई स्टाफ नर्स नियुक्त गरिएको छ । त्यस्तै दुई अनमी छनोट प्रक्रियामा रहेका नगरप्रमुख पौडेलले बताए ।
नगरपालिका स्वास्थ्य शाखाबाट आवश्यक कपडा र औषधिको व्यवस्थापनपछि अक्सिजन, चिसो–तातो पानी, पानी तताउने भाँडा, बिजुली, इन्टरनेट, झुल, पङ्खासहित व्यवस्थापन गरिएको र आवश्यक थप सामग्री थप्दै लैजाने पौडेलको भनाइ छ । नगरभित्रका बिरामीलाई अक्सिजनको आवश्यकता परेमा चिकित्सकले राख्नुपर्ने भनेमा आइसोलेशनमा राखिने छ ।
जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को टोली र अस्पताल व्यवस्थापन समितिबीच गत बुधबार बैठक बसेर अक्सिजन सिलिन्डरसहितको आइसोलेशन बनाउने निर्णय भएसँगै सो कार्यलाई अघि बढाइएको थियो । यसअघि क्वारेन्टिन सञ्चालन गरिएको स्थानलाई नै थप व्यवस्थापनसहित आइसोलेशन तयार पारिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं वडा नं ११ का वडाध्यक्ष गोविन्दप्रसाद सुवेदीले बताए ।
अहिले पाँचवटा अक्सिजन सिलिण्डरसहित आइसोलेशन तयार पारिएको भए पनि आजबाट थप अक्सिजनको व्यवस्था हुने सुवेदीले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को सिफारिशमा आजै १० वटा अक्सिजन सिलिण्डर ल्याउने तयारी भइरहेको सुवेदीले बताए । अक्सिजनको आवश्यकता पर्ने कोरोना सङ्क्रमितलाई आजैदेखि सो आइसोलेशनमा राखेर उपचार गर्न सक्ने गरी तयारी अवस्थामा राखिएको सुवेदीको भनाइ छ ।
रासस

















सुरक्षा खतराको कारण घर छाडेका अष्ट्रेलियाका प्रधानमन्त्री निवासमा फिर्ता
आज विभिन्न जिल्लामा असिना पानी, सबैभन्दा बढी वर्षा सङ्खुवासभामा
विगतमा एमाले हार्दा दाङ विकासको प्रतिस्पर्धामा पछाडि पर्याे – शङ्कर पोखरेल
मौद्रिक नीति अर्धवार्षिक समीक्षाः क्षेत्रगत कर्जा विस्तार र पूर्वाधार लगानीमा सहजीकरण
निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिन सिफारिस
निर्वाचन आयाेगले भन्याे– निर्वाचन चिह्नको भौतिक स्वरूप प्रयोग नगर्नु/नगराउनू
Nepal’s Cooperatives at Risk: Legal Concerns over RSP’s Policy
लिचीबारी घुस प्रकरणमा रन्जिता श्रेष्ठलाई धरौटीमा छाड्न आदेश
रास्वपा पहिराे जाने क्रम राेकिएन : आजै दुई नेताले पार्टी छाडे
प्रतिक्रिया