कोरोना संक्रमणबाट समाजलाई जोगाउँन लागे च्यासलका स्थानीय

काठमाडौं । पछिल्लो केही दिन यता कोरोना भाइरस तिब्र रुपमा फैलिएसँगै अस्पतालहरुका बेडहरु भरिएका छन् । भने अक्सिजनको समेत अभाव हुन थालेको छ ।
यस्तो संकटको समयमा आफ्नो समाजलाई कोरोना महामारीको चपेटाबाट जोगाउनुका साथै सरकारलाई सहयोग गर्न सक्रिय बने श्याम व्यञ्जकार ।

गुठीका अध्यक्ष समेत रहेका श्याम आफ्नो समाजलाई कोरोना महामारीको चपेटाबाट जोगाउनका लागि च्यासल मंकाखलःले आफ्नै गुठीघरलाई आइसोलेसन सेन्टर बनाएका हुन् । “कोरोनाको महामारीमा यस टोल बासीहरुलाई केही अक्सिजन सहितको सेवा दिनका आइसोलेसन स्थापना गरिएको हो,”उनलेभने,“यस आइसोलेसनबाट अस्पतालकै सबै सेवा दिन सकिदैन् तर अक्सिजन नै आवश्यक पर्ने संक्रमितलाई भने यही सेवा दिइन्छ ।”

अध्यक्ष श्यामले समुदायकै मानिसहरुको सहयोगमा सिलिन्डर र विह्लचियर किनिएको बताए । च्यासलमा अहिले कोरोना सङ्क्रमित कोही पनि छैन। च्यासलवासीको प्रयासमा शनिवारबाट च्यासलमा ५ बेड सहितको आइसोलेसन सेन्टर सुरु भइसकेको छ ।

कोरोना महामारीमा यस टोलबासीहरुलाई केही समयका लागि उपचार गराउन बनाएका हुन् । अस्पतालमा पनि चाप बढी नै छ । तर, अस्पतालको सबै काम यहाँ गर्न नसकिने भए पनि अक्सिजन अभाव भएका व्यक्तिहरुलाई तत्काल जीवन जोगाउनका लागि यो काम गरिएको श्यामले बताए ।

उनका अनुसार यो सबै स्थानीयको सहयोगले नै भएको हो स्थानीयको सहयोगबिना यो काम गर्न सकिँदैन । समाजका लागि काम गरिने भएकोले स्थानीयको सहयोग रहेका कारण हालसम्म अप्ठ्यारो परेको छैन ।
यूएस बंगला विमान दुर्घटनामा बाँच्न सफल डा. समिरा व्यञ्जनकारले यस आइसोलेसन सेन्टरको नेतृत्व गरिरहेकी छन् ।




जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
















इरान युद्धले विश्व अर्थतन्त्रमा दबाब
लहानमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन
यूएईमाथि नेपालको जित, लिग-२ मा चार लगातार हारपछिको विजयले तालिकामा राहत
इरान युद्ध अन्त्यका लागि अमेरिकी वार्ता टोली शनिबार पाकिस्तान प्रस्थान
संसदका दुवै सदनको अधिवेशन आह्वान
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
प्रतिक्रिया