बाजुरामा घरमै पुगेर कोभिड जाँच्दै स्वास्थ्यकर्मी

बाजुरा । बाजुरा जिल्लामा कोरोनाको दोस्रो लहर दिनप्रतिदिन बढिरहेको छ । कोरोना संक्रमित दिनप्रतिदिन बढ्दै गएपछि स्वास्थ्यकर्मी घरमै पुुगेर कोभिड जाँचसँगै उपचार तथा परामर्श दिइरहेको स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख महेश चन्दले बताए । जिल्लामा बुधबारसम्म १०८ कोरोना संक्रमित रहेका छन् । तीमध्ये एक महिलाको बुधबार मृत्यु भइसकेको छ भने चार जना जिल्ला अस्पतालको आइसोलेशनमा उपचार गरिरहेका छन् । बाँकी सबै होमआइसोलेशनमा र केही संक्रमित स्थानीय तहले बनाएको आइसोलेशनमा स्वास्थ्यकर्मीको निगरानीमा छन् ।
गाउँगाउँमा कोभिड फैलिएपछि स्वास्थ्य कार्यालयले एन्टिजेन जाँच घरमै पुुगेर गरिरहेको छ । हिमाली गाउँपालिका–५ कवाडीमा जिल्ला स्वास्थ्य कार्यालयले चिकित्सकसहित स्वास्थ्यकर्मीको टोली पठाएर घरमै कोभिड जाँच तथा उपचार गरेको छ । जिल्ला अस्पतालमा कार्यरत डा दीपेन्द्र बुढा, स्वास्थ्य कार्यालयमा कार्यरत ल्याब टेक्निसिएन रतन बुढा र जगत शाहीले कवाडी गाउँमा पुुगेर जाँचसहित उपचार तथा परामर्श दिएको थियो । सो गाउँपालिकामा कोरोना भाइरसको संक्रमण फैलिएपछि स्वास्थ्यकर्मीको टोली गाउँ पुुगेको हो । गाउँपालिकामा पुुगेको चिकित्सक टोलीले कोरोना संक्रमितलाई उपचारसँगै उनीहरुलाई परामर्शसमेत दिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । उक्त गाउँपालिकामा पहिलो चरणको कोरोना भाइरस संक्रमणका बेला एक जना पनि संक्रमित भेटिएका थिएनन् । अहिले दोस्रो लहरको कोरोना भाइरसको संक्रमणबाट सो गाउँपालिकामा मात्रै २० कोरोना संक्रमित रहेका छन् । स्वास्थ्यकर्मीले कोरोना संक्रमितलाई टेलिफोन तथा प्रत्यक्ष भेटमार्फत उपचार र परामर्श दिइरहेका छन् । बडिमालिका नगरपालिका स्वास्थ्य संयोजक टेकबहादुर खड्काले भने दैनिक होमआइसोलेशनमा बसेका बिरामीको स्वास्थ्य अवस्था टेलिफोनबाट भए पनि बुझ्ने गरेको बताए ।
फोनमार्फत परामर्श दिने काम भइरहेको र जटिल अवस्था भएमा अस्पताल आउनसमेत आग्रह गर्ने गरिएको खड्काको भनाइ छ । प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले कोरोना संक्रमित दिनप्रतिदिन बढिरहेका बेला स्वास्थ्यकर्मीले कोरोना संक्रमित बिरामीको जाँच र उपचार गरिरहेका बताए । जिल्लामा जोखिम बढ्न नदिनका लागि जिल्लामा बुधवारबाट यही वैशाख ३१ गतेसम्मका लागि निषेधज्ञासमेत गरिएको छ ।
संक्रमितको मनोबल कम गर्ने काम कसैलाई नर्गन प्रजिअ अधिकारीले आग्रह गरे । जिल्लामा चार कोभिड अस्पताल छन् भने ६५ आइसोलेशन श्यया छन् । जिल्ला अस्पतालमा दुई भेन्टिलेटरसहित आइसीयू श्यया रहेका छन् । रासस
















इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड ‘मोर्बिडेली’ नेपाली बजारमा सार्वजनिक
पाँचथरमा जिप दुर्घटना हुँदा युवकको मृत्यु
राजस्व चुहावट नियन्त्रणका लागि कार्ययोजना बनाएर काम गर्न निर्देशन
NCP takes critical stand in parliament, Barsha Man Pun says
Harka Sampang insists on proper conservation, utilisation of natural resources
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
प्रतिक्रिया