चितवनका दुई अस्पतालमा पाँच संक्रमितको मृत्यु

चितवन । चितवनमा रहेका दुई मेडिकल कलेजमा पाँच कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनका एक र अन्य बाहिरी जिल्लाका रहेका छन् । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–३ की ६९ वर्षीया वृद्धा रहेकी छन् । उनको पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो ।
निमोनियाको समस्या भई यही वैशाख १९ गते अस्पताल आएकी उनमा २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आज बिहान १ः५७ बजे मृत्यु भएको हो । यस्तै नवलपरासीको प्रतापपुर गाउँपालिका–९ का ३४ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । निमोनियाको समस्या भई यही वैशाख २३ गते पुरानो मेडिकल कलेजमा भर्ना भएका उनको आज बिहान ४ः०० बजे मृत्यु भएको हो । उनमा सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।
त्यस्तै रुपन्देहीको सैनामैना नगरपालिका–१ का ५३ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । निमोनियाको समस्या भई यही वैशाख २३ गते अस्पताल भर्ना भएका उनमा सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आज बिहान २ः१० बजे मृत्यु भएको हो । चितवन मेडिकल कलेजमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा कावासोती नगरपालिका–२ का ५८ वर्षीय पुरुष रहेका छन् ।
निमोनियाको समस्या भई यही वैशाख १५ गते अस्पताल भर्ना भएका उनमा १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको बिहीबार राति १२ः४० बजे मृत्यु भएको हो । संक्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको मृत्यु भएको हो । यस्तै सोही मेडिकल कलेजमा उपचारका क्रममा कैलालीकी एक महिलाको कोरोनाका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा टीकापुर नगरपालिका–९ की ५३ वर्षीया महिला रहेको अस्पतालले जनाएको छ ।
कोरोना संक्रमण पुष्टि भएसँगै श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएकी उनको आज बिहान ६ः०० बजे मृत्यु भएको हो । अस्पतालको कोभिड सघन उपचार कक्षमा भर्ना गरेको केही समयमा नै उनको मृत्यु भएको अस्पतालले जनाएको छ । रासस














झापामा सवारी दुर्घटना हुँदा बालकको मृत्यु, १२ जना घाइते
गगन पक्षीय कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक बस्दै
सुनसरीमा ट्रक दुर्घटनामा पाँचजनाको मृत्यु, तीन जना घाइते
Gagan Thapa elected Nepali Congress Chairman
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु
प्रतिक्रिया