एमालेमा विवाद समाधान प्रयास
माधव नेपालले भ्रममा नपर्न भन्दै अघि सारे दुई बुँदे बटमलाइन
फागुन २८ र त्यसपछिका बैठकका निर्णय फिर्ता लिनुपर्ने र पार्टीलाई २०७५ जेठ २ मा फकाउनुपर्ने अडान

काठमाडौं । नेकपा एमालेमा देखा परेको विवाद मिलाउन प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालसहित दुवैतर्फका नेताहरूका बीचमा बाक्लो संवाद भइरहँदा नेता नेपालले विवाद मिलाउन आफ्नोतर्फका दुई बुँदे बटमलाइन सार्वजनिक गरेका छन् ।
नेपालले फागुन २८ र त्यसपछिका बैठकका निर्णय फिर्ता लिनुपर्ने र पार्टीलाई गत वर्षको जेठ २ मा फर्काउनु पर्ने आफ्नो बटमलाइन कायमै रहेको बताएका छन् । आफ्नो फेसबुक पेजबाट नेता नेपालले बटमलाइन अगाडि सारेका हुन् । त्यसभन्दा कुनै किसिमको भ्रममा नपर्न, नअल्मलिन र सुढृढ र सशक्त पार्टी बनाउने महान अभियानमा लागिरहन आह्रवान गर्दछौँ, नेपालले भनेका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हामी सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने सुदृढ र एकतावद्ध एमाले चाहन्छौँ किनकी यो हामीले निर्माण गरेको पार्टी हो । यसका लागि वार्ता र लचकता दुवै अपनाउछौं, तर अहिलेसम्म कुनै सहमति भएको छैन । २०७७ फागुन २८ गते र तत्पश्चात बसेका कथित बैठकहरू र त्यसले गरेका निर्णयहरू फिर्ता लिनु पर्छ र २०७५ जेष्ठ २ गतेको कमिटी, विधान र नेतृत्व नै हाम्रो बटम लाइन हो । यस सम्बन्धमा कुनै किसिमको भ्रममा नपर्न , नअल्मलिन र सुदृढ र सशक्त पार्टी बनाउने महान अभियानमा लागिरहन आह्वान गर्दछौं।

















ललितपुर महानगरको नयाँ प्रशासनिक भवन ‘ब्लक–सी’ उद्घाटन
चैत १६ गते संघीय संसद्को अधिवेशन बोलाउने तयारी
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ
रवि-बालेनसहित रास्वपा शीर्षनेताबीच भेटवार्ता
आजको मौसम पूर्वानुमानः यी तिन प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना
चैत ३ गते मंगलबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
प्रतिक्रिया