अल्का अस्पतालले भन्यो, ‘अक्सिजन सकिँदा संक्रमितको उपचारमा समस्या भयो’
मेरोन्यूज
२०७८ वैशाख २४ गते १३:२७
ललितपुर । ललितपुरमा रहेको अल्का अस्पतालले कोरोना भाइरस (कोभिड–१९)का बिरामीहरूको उपचारमा अक्सिजनको समस्या देखिन थालेको जनाएको छ । शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै अस्पतालले अक्सिजन आपूर्तिमा कठिनाई उत्पन्न भएको जनाएको छ ।
‘अहिले दैनिक एक सय ५० वटा सिलिण्डर अक्सिजन आवश्यक पर्छ, ४४ वटा भने अल्का अस्पतालले आन्तरिक उत्पादनबाट व्यवस्था मिलाउँदै आइरहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘हाल २९ वटा जनरल वार्ड, १७ वटा आइसियू र १५ वटा क्याबिन कोरोना संक्रमित लागि छुट्याइएको छ ।’
अक्सिजन सहज रुपमा उपलब्ध गराउने वातावरण बनाइदिन अस्पतालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, बागमती प्रदेश सरकार, स्थानीय प्रशासन, स्थानीय तह, नागरिक समाज सञ्चारकर्मीलगायत सबैसँग आग्रह गरेको छ ।

सम्बन्धित
















इरान युद्धले विश्व अर्थतन्त्रमा दबाब
लहानमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन
यूएईमाथि नेपालको जित, लिग-२ मा चार लगातार हारपछिको विजयले तालिकामा राहत
इरान युद्ध अन्त्यका लागि अमेरिकी वार्ता टोली शनिबार पाकिस्तान प्रस्थान
संसदका दुवै सदनको अधिवेशन आह्वान
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
प्रतिक्रिया