एमाले अध्यक्ष ओली र नेता नेपालबीच भेट हुन सकेन

काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच हुने भनिएको भेट रोकिएको छ । एमाले स्रोतका अनुसार दुई नेताबीच एमाले पार्टी मुख्यालय बबरमहलमा निर्णायक वार्ता हुने जनाएको थियो ।
यसअघि आज ११ बजे पार्टी कार्यालय बबरमहलमा दुई नेताबीच भेट्ने कुरा सञ्चारमाध्यममा आएपछि ठूलो संख्यामा पत्रकारहरू एमाले पार्टी कार्यालय पुगेका थिए । तर, घण्टाैँ कुर्दा पनि कार्यालयमा कोही नेता नआएपछि पत्रकार फर्किन थालेका छन् । एमाले नेता सुवास नेम्वाङसँग यस विषयमा बुझ्न खोज्दा उनले भने, ‘दुर्ई नेताबीच वार्ता हुने भनिएको छ, तर कहाँ र कति खेर हुने भन्ने कुनै टुंगो लागेको छैन ।’
ओली र नेपालबीच बिहीबार पनि भेटवार्ता हुने भनिएको थियो । तर, कहाँ भेट्ने भन्ने विषयमा कुरा नमिल्दा भेट हुन सकेको थिएन । बिहीबार अध्यक्ष ओली र नेता नेपालले राष्ट्रिपति विद्यादेवी भण्डारीलाई भेटेका थिए ।
एमालेमा गत फागुन २७ गतेदेखि विवाद हुँदै आएको छ । यसैबीच आगामी २७ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिने बताएपछि पार्टीका शीर्ष नेताहरूको भेटघाट बढ्दै गएको हो ।

















जेनजी आन्दोलनका घाइतेको यही चैत २० गते अन्तिम वर्गीकरण गरिने
आज विश्व हिमनदी दिवस
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
लागुऔषधसहित विभिन्न स्थानबाट छब्बिस जना पक्राउ
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
रास्वपाका सांसदहरुको अभिमुखीकरण आजदेखि
प्रतिक्रिया