कंगना रनावतलाई कोरोना पुष्टि
मेरोन्यूज
२०७८ वैशाख २५ गते १३:०५

एजेन्सी । बलिउड अभिनेत्री कंगना रनावतलाई कोरोना संक्रमण भएको छ ।
आफुलाई कोरोना संक्रमण पुष्टि भएको सुझाउदै उनले आफ्नो इन्स्टाग्राममार्फत बताएकी हुन् ।
कोरोना पोजेटिभ देखिएपछि उनले आफूलाई होम क्वारेन्टाइन गरेकी छन् ।
‘निकै थाकेको महशुस गरेकी छु । केही दिन अघिदेखि मेरो आँखा पोलिरहेको छ । मैले हिजो मात्र स्वाब टेस्ट गराएको थिएँ, आज रिजल्ट आयो । मैले आफूलाई क्वारेन्टाइनमा राखेकी छु । मलाई थाहा छैन, यो भाइरस मेरो शरीरमा कसरी आयो । म यसलाई समाप्त पार्नेछु’, उनले लेखेकी छन् ।
उनले आम मानिसलाई कुनै पनि शक्तिलाई आफूमाथि हावी हुन नदिन आग्रह गरेकी छन् । ‘यदि तपाईं डराउनुभयो भने अझ बढी डराउनुहुनेछ । आउनुहोस्, सँगै मिलेर यो भाइरसलाई परास्त गरौं । हर हर महादेव’, उनले लेखेकी छन् ।
सम्बन्धित















वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
आज रास्वपाको सचिवालय बैठक बस्दै
भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ
राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
सुनचाँदीको मूल्यमा केही गिरावट
प्रतिक्रिया