कोरोनाबाट गण्डकी प्रदेशमा २५१ जनाको मृत्यु

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट गण्डकी प्रदेशमा अहिलेसम्म २५१ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट शनिबारसम्म थप ३ जनाको मृत्यु भएसँगै प्रदेशमा मृत्यु हुनेको संख्या २५१ पुगेको प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रममा निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।
प्रदेशमा आज मृत्यु हुनेमा पर्वत जिल्ला कुश्मा नगरपालिका १ का ४० वर्षीय पुरुष रहेका छन् । गत ७ गते कोरोना पुष्टि भएका उनको हिजो राति मृत्यु भएको हो । उनको मेडिप्लस अस्पताल पोखरमा मृत्यु भएको हो ।
यस्तै, पोखरा महानगरपालिका १३ की ४८ वर्षीय संक्रमित रहेकी छन् । उनको हिजो साँझ मृत्यु भएको हो । गत १३ गते उनलाई कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएसँगै उनी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएका थिए ।
कोरोनाबाट मृत्यु हुने अर्का व्यक्तिमा पोखरा महानरपालिकाकै १० स्थित ८१ वर्षीय पुरुष रहेका छन् । उनको उपचारका क्रममा मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको निर्देशक शर्माले जानकारी दिए ।

















एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ओलीको नयाँ भर्सन बालेन सरकार- हर्क साम्पाङ
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
इरान युद्धले विश्व अर्थतन्त्रमा दबाब
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
प्रतिक्रिया