निषेधाज्ञाको अवज्ञा गर्ने ७ हजार भन्दा बढी कारबाहीमा

काठमाडौं । नयाँ भेरियन्टको कोरोना संक्रमणलाई नियन्त्रण तथा रोकथामका लागि लागु गरिएको निषेधाज्ञा अवज्ञा गर्ने ७ हजार ८ सय ५ जना कारबाहीमा परेका छन् ।
पछिल्लो २४ घण्टामा प्रहरीको ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत ६ हजार ४ सय ५७ जनालाई निःशुल्क मास्क वितरण गरेको छ भने निषेधाज्ञाको पालना नगर्ने ७ हजार ८ सय ५ जनालाई होल्डमा रखिएको हो । कोभिड–१९ को संक्रमण बढ्दा थपिएको समस्या र चुनौतीलाई दृष्टिगत गरी संक्रमण रोक्न तोकिएको सुरक्षा मापदण्डलाई कार्यान्वयनका लागि नेपाल प्रहरीले ‘तपाईंको मास्क खै ?’ अभियान सञ्चालन गरिरहेको छ । साथै विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनका लागि पनि प्रहरी प्रयत्नशील छ ।
यही क्रममा निषेधाज्ञा उल्लंघन गरी हिँड्ने ७ हजार ८ सय ५ जनालाई होल्डमा राखिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पछिल्लो २४ घन्टामा १ हजार १ सय ३० वटा गाडी र १ हजार ९ सय ७३ वटा मोटरसाइकल गरी ३ हजार १ सय ३ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा समेत लिएको थियो ।
यसैगरी कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालयद्वारा तोकिएको मापदण्ड उल्लंघन गर्ने ४ सय ३८ जनालाई संक्रामक रोग ऐन, २०२० बमोजिम जरिवाना गरिएको छ ।
















इरान युद्धले विश्व अर्थतन्त्रमा दबाब
लहानमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन
यूएईमाथि नेपालको जित, लिग-२ मा चार लगातार हारपछिको विजयले तालिकामा राहत
इरान युद्ध अन्त्यका लागि अमेरिकी वार्ता टोली शनिबार पाकिस्तान प्रस्थान
संसदका दुवै सदनको अधिवेशन आह्वान
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
प्रतिक्रिया