प्रधानमन्त्रीमाथि विश्वासको मत
के गर्लान् माधव-झलनाथ पक्षले ?
ललितपुरको सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटी (एनओसी) को भवनमा नेपाल पक्षका नेताहरु आन्तरिक परामर्शमा

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सोमबार संसदको विशेष अधिवेशनमा विश्वासको मत लिने तयारी गरिरहँदा उनलाई उनकै पार्टीका माधव नेपाल पक्षका नेताहरुले मत देलान् या नदेलान् ? यस विषयमा कुनै निश्कर्ष निस्कन नसकिरहेका वेला थप रणनीति बनाउन माधव नेपाल पक्षका नेताहरुको बैठक शुरु भएको छ ।
ललितपुरको सातदोवाटोस्थित नेपाल ओलम्पिक कमिटी (एनओसी) को भवनमा नेपाल पक्षका नेताहरु आन्तरिक तयारीमा जुटेका हुन् ।
प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा दुवै पक्षका दोस्रो तहका नेताहरु ओली पक्षका विष्णु पौडेल, सुवास नेम्वाङ, विष्णु रिमाल र नेपाल पक्षका घनश्याम भुषाल, योगेश भटटराई र गोकर्ण विष्टका वीचमा तीन घण्टा लामो छलफल भएपनि विवाद मिलाउने सूत्र फेला पर्न सकेको थिएन ।
कार्यदल गठन गरेर विवाद मिलाउने विषयमा नेताहरुका वीचमा करिव समझदारी जुटेपनि ओलीले नेता रामवहादुर थापा (बादल) विना हुने जुनुकुनै बैठक आफ्नो लागि मान्य नहुने अडान लिए पछि विवाद मिल्न सकेको छैन ।
नेपाल पक्षले सामुहिक राजीनामा दिएमा भने कांग्रेस सभापति शेरवहादुर देउवा ओली विरुद्ध अविश्वास प्रस्ताव ल्याउन तयार छन् । संख्या यकिन नभईकन अविश्वास प्रस्ताव ल्याउन देउवा तयार नभएपछि माधव नेपाल पक्षले के गर्लान् भन्नेमा एमाले वृत्तमा मात्र होइन, कांग्रेस र माओवादी केन्द्रले समेत चासोका साथ हेरिरहेको छ ।
नेपालले ओलीसँग कुनै सहमति नजुटेको र तत्कालको संकट टार्ने उपायको खोजीमा मात्र ओली र उनी पक्षका नेताहरु आफुहरुसँगको सम्वादमा रहेको निश्कर्ष निकालिरहेका बेला नेपाल पक्षको बैठक बसेको हो ।
नेपाल पक्षले ओलीलाई विश्वासको मत दिने या सामुहिक राजीनामा दिने भन्ने विषयमा छलफल गर्नेछ ।
विश्वासको मत दिएपनि , नदिएपनि ओलीले आफुहरुमाथी कारवाही गर्ने , कारवाही नगरेपनि ओलीको बानी नफेरिने र उनले आफ्नो पक्षलाइ देखाउने ब्यवहारमा कुनै फेरबदल नहुने भएकोले सामुहिक राजीनामा नै दिनु पर्ने मत एमालेको माधव नेपाल पक्षभित्र वलियो देखिएको छ । तर उसले निर्णय नलिएका कारण अझै पनि नेताहरुलाई मनाउन सकिन्छ की भन्नेमा दुवै पक्षका दोस्रो तहका नेताहरुको प्रयास जारी छ ।
एमालेका नेपाल निकट सांसद जीवनराम श्रेष्ठ अध्यक्ष रहेको नेपाल ओलम्पिक कमिटी (एनओसी) को भवनमा वसिरहेको नेपाल पक्षको बैठकले यस विषयमा थप रणनीति बनाएपछि मात्र उनीहरुको निर्णय आउने छलफलमा सहभागी एक नेताले बताए । ‘हामी छलफलमा भर्खर बस्न खोज्दैछौं, छलफल पछि हामीले के गर्ने एउटा निर्णय लिन्छौं,’ नेपाल पक्षका ति नेताले भने ।

















जेनजी आन्दोलनका घाइतेको यही चैत २० गते अन्तिम वर्गीकरण गरिने
आज विश्व हिमनदी दिवस
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
लागुऔषधसहित विभिन्न स्थानबाट छब्बिस जना पक्राउ
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
रास्वपाका सांसदहरुको अभिमुखीकरण आजदेखि
प्रतिक्रिया