शनिबार, वैशाख १२, २०८३

अक्सिजन अभाव हुन नदिन चिकित्सक संघकाे माग

मेरोन्यूज २०७८ वैशाख २५ गते १८:३४

काठमाडाैं । नेपाल चिकित्सक संघले अस्पतालहरुमा अक्सिजन अभाव हुन नदिन सरकारसँग माग गरेको छ ।

Advertisement
NiccNicc

शनिबार एक विज्ञप्ति जारी गर्दै संघले कोरोना संक्रमितको उपचारमा संलग्न अस्पतालहरुले ‘अक्सिजनको अभाव भई नयाँ बिरामी भर्ना गर्न नसकिएको, बिरामी आफैँले अक्सिजन व्यवस्था गर्नुपर्ने’ लगायत भनि सूचना प्रेषित गरिएकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

“यस गम्भीर अवस्थामा कोभिड–१९ को उपचारमा खटिएका अस्पतालहरुलाई अक्सिजनको सहज उपलब्धता गराई अक्सिजन र अक्सिजन सिलिन्डर अभाव नहुने अवस्थाकोे सुनिश्चित गर्न नेपाल चिकित्सक संघ नेपाल सरकारसँग जोडदार माग गर्दछ,” विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया