अस्पतालले सिलिण्डर ‘होल्ड’ गर्न थालेपछि मन्त्रालयको सिफारिशमा मात्र अक्सिजन बिक्री गर्न निर्देशन

काठमाडौं । देशभर अक्सिजनको अभाव देखिएसँगै सरकारले अनुमति लिएर मात्रै अक्सिजनको सिलिण्डल बिक्री वितरण गर्न निर्देशन दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपतकालीन कार्यसंचालन केन्द्रका प्रमुख डा गुणराज लोहनीले आज अक्सिजन उत्पादन गर्ने सम्पूर्ण उद्योगलाई पत्र लेख्दै मन्त्रालयको सिफारिश बिना कुनै पनि सरकारी, सामुदायिक तथा निजी अस्पतालाई ग्यास सिलिण्डर भरी बिक्री वितरण नगर्न निर्देशन दिएका हुन् ।
ननकोभिड अस्पतालले ठूलो मात्रामा अक्सिजन सिलिण्डर होल्ड गर्दा कोरोना संक्रमितको उपचारमा समस्या आएको छ । आजैमात्र राजाधनीका चार अस्पतालले अक्सिजनको अभावमा कोरोना संक्रमितको उपचार गर्न नसक्ने जनाएका छन् ।
अक्सिजन सिलिण्डरको बिक्री वितरण व्यवस्थित नहुँदा देशरभ अक्सिजनको अभाव देखिएको छ । मन्त्रालयको सिफारिश बिना अक्सिजन सिलिण्डर बिक्री विरतण गरेको पाइए कारबाही हुने उनले बताए ।











पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट भुटानको पारोमा उडान सुरु
कोप–३० मा नेपालको सहभागिता प्रभावकारी भइरहेको छ : मन्त्री डा परियार
एसिसी यु–१९ प्रिमियर कप खेल्ने नेपाली यु–१९ राष्ट्रिय क्रिकेट टोलीको बिदाइ
घुस रकमसहित दुई कर्मचारी पक्राउ
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
एकैदिन तोलामा ६ हजार ९०० ले घट्यो सुनको मूल्य
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
प्रतिक्रिया