निषेधाज्ञाका बीच बजार अनुगमन जारी, सस्तो हुँदै तरकारी र फलफूल

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) महामारीका बीच पछिल्लो समय बजार अुनगमन बढेसँगै दैनिक प्रयोग हुने तरकारी तथा फलफूलको मुल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज आइतबार सस्तो भएको तरकारी र फलफूलको मूल्य सूची सार्वजनिक गरी सर्वसाधारणलाई जानकारी दिएको छ ।
समितिका अनुसार रातो आलु प्रतिकिलो ३६ रुपैयाँ ५० पैसा कायम भई कारोबार भएको छ । त्यसैगरी लोकल काक्रो प्रतिकिलो ४५ रुपैयाँ, कागती २ सय १० रुपैयाँ, खुर्सानी सुकेको ३ सय ३० रुपैयाँ कायम भई कारोबार भइरहेको समितिका कार्यकारी निर्देशक विनोद भट्टराईले जनाएका छन् ।
सर्वसाधारणको मागलाई ध्यान दिँदै तरकारी तथा फलफूल जस्ता खाद्य वस्तु बिक्री वितरण गर्न कालिमाटी फलफूल तथा तरकारी व्यवसायी समितिले मनोमानी गर्न पाउने छैनन् । जसअनुसार फलफूलमा हरियो अंगुरको मूल्य प्रतिकेजी २ सय २५ रुपैयाँ, अम्बा १ सय ९५ रुपैयाँ कायम भई कारोबार भइरहेको छ । दुई दिन पानी परेकाले उत्पादनमा राहत भएकाले मूल्य सूची सार्वजनिक गरी सहजकता ल्याएको समितिका निर्देशक भट्टराईले दाबी गरे ।
अहिले कालिमाटी तरकारी बजारमा ६० प्रतिशत नेपाली उत्पादन र ४० प्रतिशत भारतीय उत्पादन आउने गरेको छ । बोडी, सिमी, घिरौला, लौकालगायत सिजन तरकारीहरू नेपालमा उत्पादन भई आएका छन् भने भारतबाट माछा, कागती, आलु र प्याज आउने गरेका छन् । समितिले स्थानीय तहसँगको समन्वयनमा जुनसुकै समयमा कालिमाटीमा तरकारी ल्याउन सक्ने व्यवस्था मिलाएको छ । निषेधाज्ञा सुरु भए पनि बजारमा तरकारी तथा फलफूलको मूल्य बढी नहाल्ने सरकारले जनाएको छ ।
यसैबीच सरकारले कोभिड–१९ रोकथामका लागि काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी गरेपछि उपत्यकाको ठूलो तरकारी बजार कालिमाटी तरकारी बजारको कारोबारमा समेत गिरावट आएको छ । निषेधाज्ञा जारी हुनुभन्दा अघि दैनिक झण्डै ९ सय ५० मेट्रिक टन तरकारी भित्रिने गरेको कालिमाटीमा अहिले ४ देखि ५ सय मेट्रिक टन मात्रै तरकारी आउने गरेको छ ।
याे पनि पढ्नुहाेस्
लकडाउनमा खाद्यान्नको मूल्यवृद्धि स्वभाविक, तर अनुगमनमा शंका नगरौं
















अमेरिकी सांसदहरूको प्रतिनिधिमण्डल ग्रिनल्याण्ड भ्रमणमा जाने
इरान–अमेरिका अप्रत्यक्ष वार्ता बीच नयाँ प्रतिबन्ध घोषणा
आईसीसी टी–२० विश्वकप सुरु, नेदरल्याण्ड्सविरुद्ध पाकिस्तान फिल्डमा
विश्वकप क्रिकेटमा सुखद यात्राको अपेक्षा
प्रधान सेनापति खुला म्याराथन सम्पन्न
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, संलग्न गिरोहका ७ जना पक्राउ
चुनाव दुई होइन, एकै चरणमा गरियोस्: प्रचण्ड
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
प्रतिक्रिया