ओलीको गृहनगरका रेग्मी लोकसेवा आयोगको अध्यक्षमा सिफारिस
मेरोन्यूज
२०७८ वैशाख २६ गते १३:५३

काठमाडौं । लोक सेवा आयोगको अध्यक्षमा पूर्वसचिव माधव रेग्मी सिफारिस भएका छन् । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संवैधानिक परिषदको बैठकले पूर्वसचिव रेग्मीलाई नियुक्त गर्न सिफारिस गरेको छ ।
रेग्मी प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर झापाका हुन् । आयोगको अध्यक्षमा सचिव शिशिर कुमार ढुंगाना र रेग्मीको नाम प्रस्तावित भएको थियो । तर परिषद बैठकले प्रधानमन्त्री ओलीको गृहनगरका रेग्मीलाई नियुक्तिको सिफारिस गरेको हो ।
प्रस्तावित संवैधानिक आयोगका पदाधिकारीको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिबाट नियुक्त हुने व्यवस्था छ ।
सम्बन्धित
















चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
विद्यार्थी भर्ना वैशाख १५ गतेबाट सुरु हुने
इरान युद्धमा सहयोगका लागि नाटोलाई दबाब दिँदै ट्रम्प
अनरको ‘म्याजिक एट सिरिज’ सार्वजनिक, कति पर्छ मूल्य ?
जुम्लाबाट एक वर्षमा तीन करोड बढी मूल्यको मार्सी चामल बिक्री
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त
प्रतिक्रिया