सकियो माधव नेपालसँग नेम्वाङ र पौडेलको भेटवार्ता

काठमाडौं । एमालेभित्रको विवाद मिलाउने अन्तिम प्रयासका रुपमा वरिष्ठ नेता माधव नेपालसँग सम्वादका लागि सिंहदरवारस्थित संसद सचिवालयमा पुगेका प्रधानमन्त्री केपी ओली पक्षका नेताहरु सुवास नेम्वाङ र विष्णु पौडेल वीचको वार्ता सकिएको छ ।
दुवै पक्षले आजको छलफलमा खुलस्त कुरा राखेको र विवाद मिलाउन फेरि पनि सम्वादको आवश्यकता देखिएको ओली पक्षका नेता नेम्वाङले बैठकपछि सञ्चारकर्मीहरुसँग वताएका छन् ।
‘हामीले उहाँ (माधव नेपाल) लाई प्रधानमन्त्रीको चासो र चिन्ताका विषय राख्यौं । उहाँले पनि आफना कुरा खुलस्त ढंगले हामीलाई सुनाउनु भयो । त्यो कुरा हामी प्रधानमन्त्रीसमक्ष लैजान्छौं,’ नेम्वाडले नेपालसँगको छलफलपछि सञ्चारकर्मीसँग भने, –‘फेरि पनि तत्कालै सम्वादमा बसेर सहमति खोज्ने प्रयासमा हामी छौं । त्यो तत्काल भनेको भरे पनि हुनसक्छ, भोलि पनि हुनसक्छ ।’
नेपाल पक्षको प्रत्यक्ष तर्फ निर्वाचित सांसदहरुले आफनो राजीनामा वरिष्ठ नेता नेपाललाई वुझाईसकेको र नेपाल पक्षका नेताहरु संसद सचिवालयमा देखिन थालेपछि ओलीले नेम्वाङ र पौडेललाई दुतका रुपमा नेपालसँग सम्वादका लागि पठाएका थिए ।
तर त्यो छलफल एक अर्काका कुरा सुनाउने वाहेक केही नभएको बताईएको छ ।
नेम्वाङ र पौडेलसँग छलफल सकेपछि नेता नेपाल भने आफु पक्षका सांसदहरुसँगको छलफलमा वसेका छन् । सिंहदरवारमै उनले आफु निकटका सांसदहरुसँग ओली पक्षका नेताहरुसाग भएको पछिल्लो सम्वादका विषयमा पनि जानकारी दिन लागेका हुन् ।
















अमेरिकी लडाकू विमान राख्ने प्रस्ताव श्रीलङ्काद्वारा अस्वीकार
युद्धको ‘भ्रामक’ सूचना पोष्ट गरेको आरोपमा युएईबाट १०० भन्दा बढी व्यक्ति पक्राउ
क्युबालाई सहयोग गर्ने रूसको प्रतिवद्धता
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
वर्षाले काठमाडौँमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
प्रतिक्रिया