साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी

इरानले साउदी अरब, कतार, युएईमा तेल पूर्वाधारमा आक्रमणको तयारी गरिएकाे जानकारी दिँदै साे क्षेत्र नजिक बस्ने नागरिकहरूलाई खाली गर्ने धम्की दिएको छ ।
इरानको दक्षिण पार्स क्षेत्रसँग सम्बन्धित प्राकृतिक ग्यास पूर्वाधारमाहरूलाई इजरायले आक्रमण गरेपछि इरानको रिभोलुसनरी गार्ड्स कोर्प्स (आइआरजिसी) ले बुधबार आगामी केही घण्टामै ती क्षेत्रमा आक्रमणको तयारी गरिएकाे बताउँदै तीन देशका पाँच तेल पूर्वाधारमा नजिकै बस्ने मानिसहरूलाई साे क्षेत्र खाली गर्ने धम्की दिएको हाे ।
यो चेतावनी साउदी अरेबियाको समरेफ रिफाइनरी र जुबैल पेट्रोकेमिकल कम्प्लेक्स, संयुक्त अरब इमिरेट्सको अल होसन ग्यास फिल्ड, र कतारको मेसाइद पेट्रोकेमिकल कम्प्लेक्स, मेसाइद होल्डिंग कम्पनी र रास लाफान रिफाइनरीमा गरिएको छ ।
“तुरुन्तै यी क्षेत्रहरू छोड्नुहोस् र ढिलाइ नगरी सुरक्षित दूरीमा सर्नुहोस्,” इरानी राज्य मिडियाले लेखेका छन् ।

















हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
बाइक–स्कुटर साटेर टियागो ईभी चढ्ने मौका : टाटा मोटर्सको ‘स्वीच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प
ललितपुर महानगरलाई ११ थान ‘फोटोन टिएम १’ हस्तान्तरण, फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
आज नयाँ वर्षः हर्षोल्लासका साथ मनाइँदै
प्रतिक्रिया