प्रहरी अस्पतालमा २२४ कोरोना संक्रमितको उपचार हुँदै, २ जनाको मृत्यु

काठमाडौँ । नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा हालसम्म २ सय २४ जना कोरोना भाइरस (कोभिड १९)बाट संक्रमित बिरामीहरूको निःशुल्क उपचार भइरहेको छ । तीमध्ये २० जना भेन्टिलेटरमा, १९ जना आइसियुमा, मध्यम अवस्थाका १ सय ५ जना र सामान्य अवस्थाका ८० जना रहेका छन् ।
बिरामीमध्ये प्रहरी कर्मचारी, पूर्व प्रहरी कर्मचारी र प्रहरी कर्मचारीका परिवार गरी १ सय ४३ जना तथा ८१ जना सर्वसाधारण रहेका छन् । आइतबार मात्रै अस्पतालमा १५ जना र २ नम्बर गणमा छुट्टै बेडको व्यवस्था गरी ६ जनालाई भर्ना गरिएको छ । उपचाररत मध्ये १४ जना डिस्चार्ज भएका छन् भने ८७ वर्षीय र ६६ वर्षीय गरी २ जनाको उपचारको क्रममा मृत्यु भएको छ ।
नेपाल प्रहरी अस्पतालमा जम्मा २ सय ६४ वेड उपलब्ध छन् । जसमा एक सय ६१ साधारण, ७३ एचडियू (हाई डिपेन्डेन्सी यूनिट) र भेन्टिलेटरसहितका २० तथा भेन्टिलेटरबाहेकका १० गरी ३० आइसियु वेड रहेका छन् । कोभिड १९ बाट संक्रमितको उपचार र सेवामा नेपाल प्रहरी अस्पतालले उपलब्ध साधन स्रोतको उच्चतम प्रयोग तथा थप साधन व्यवस्था समेत गरी सेवा प्रदान गर्दै आइरहेको छ ।
हाल कोभिड १९ को महामारीबाट संक्रमित बिरामीको चाप बढ्दै गइरहेको अवस्थालाई मध्येनजर राखी इमर्जेन्सीमा अस्थायी रुपमा २६ बेड थप गरी अक्सिजनसहित उपचार प्रदान गरिएको छ । बेड खाली हुनासाथ उनीहरूलाई स्थान्तरण गरी उपचार गरिने व्यवस्था मिलाइएको छ ।










तनावका बीच इरानले गर्याे क्षेप्यास्त्र परीक्षण
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रवि लामिछाने र बालेनबीच भेटवार्ता
कांग्रेस क्रियाशील सदस्यताको फारम पुस ९ गते भित्र भर्नुपर्ने
क्षेप्यास्त्र कार्यक्रममा कुनै सम्झौता हुँदैन -इरान
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
प्रतिक्रिया