प्रहरी अस्पतालमा २२४ कोरोना संक्रमितको उपचार हुँदै, २ जनाको मृत्यु

काठमाडौँ । नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा हालसम्म २ सय २४ जना कोरोना भाइरस (कोभिड १९)बाट संक्रमित बिरामीहरूको निःशुल्क उपचार भइरहेको छ । तीमध्ये २० जना भेन्टिलेटरमा, १९ जना आइसियुमा, मध्यम अवस्थाका १ सय ५ जना र सामान्य अवस्थाका ८० जना रहेका छन् ।
बिरामीमध्ये प्रहरी कर्मचारी, पूर्व प्रहरी कर्मचारी र प्रहरी कर्मचारीका परिवार गरी १ सय ४३ जना तथा ८१ जना सर्वसाधारण रहेका छन् । आइतबार मात्रै अस्पतालमा १५ जना र २ नम्बर गणमा छुट्टै बेडको व्यवस्था गरी ६ जनालाई भर्ना गरिएको छ । उपचाररत मध्ये १४ जना डिस्चार्ज भएका छन् भने ८७ वर्षीय र ६६ वर्षीय गरी २ जनाको उपचारको क्रममा मृत्यु भएको छ ।
नेपाल प्रहरी अस्पतालमा जम्मा २ सय ६४ वेड उपलब्ध छन् । जसमा एक सय ६१ साधारण, ७३ एचडियू (हाई डिपेन्डेन्सी यूनिट) र भेन्टिलेटरसहितका २० तथा भेन्टिलेटरबाहेकका १० गरी ३० आइसियु वेड रहेका छन् । कोभिड १९ बाट संक्रमितको उपचार र सेवामा नेपाल प्रहरी अस्पतालले उपलब्ध साधन स्रोतको उच्चतम प्रयोग तथा थप साधन व्यवस्था समेत गरी सेवा प्रदान गर्दै आइरहेको छ ।
हाल कोभिड १९ को महामारीबाट संक्रमित बिरामीको चाप बढ्दै गइरहेको अवस्थालाई मध्येनजर राखी इमर्जेन्सीमा अस्थायी रुपमा २६ बेड थप गरी अक्सिजनसहित उपचार प्रदान गरिएको छ । बेड खाली हुनासाथ उनीहरूलाई स्थान्तरण गरी उपचार गरिने व्यवस्था मिलाइएको छ ।

















सुरक्षा खतराको कारण घर छाडेका अष्ट्रेलियाका प्रधानमन्त्री निवासमा फिर्ता
आज विभिन्न जिल्लामा असिना पानी, सबैभन्दा बढी वर्षा सङ्खुवासभामा
विगतमा एमाले हार्दा दाङ विकासको प्रतिस्पर्धामा पछाडि पर्याे – शङ्कर पोखरेल
मौद्रिक नीति अर्धवार्षिक समीक्षाः क्षेत्रगत कर्जा विस्तार र पूर्वाधार लगानीमा सहजीकरण
निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिन सिफारिस
Nepal’s Cooperatives at Risk: Legal Concerns over RSP’s Policy
लिचीबारी घुस प्रकरणमा रन्जिता श्रेष्ठलाई धरौटीमा छाड्न आदेश
निर्वाचन आयाेगले भन्याे– निर्वाचन चिह्नको भौतिक स्वरूप प्रयोग नगर्नु/नगराउनू
सशस्त्र प्रहरीका २३ बरिष्ठ उपरीक्षकहरु निर्वाचन अनुगमनमा
प्रतिक्रिया