पोखरामा ‘अक्सिजन बैँक’ स्थापना

कास्की । कोरोना सङ्क्रमण बढ्दै जाँदा अस्पतालहरुमा अत्यावश्यक अक्सिजनको अभाव हुन थालेपछि पोखरामा ‘अक्सिजन बैँक’ स्थापना गरिएको छ । यहाँ क्रियाशील विभिन्न सात रोटरी क्लबले गण्डकी अटो मेकानिकल वर्कसप एशोसिएसनसँगको सहकार्यमा अक्सिजन बैंक (जीवन आशा) स्थापना गरेका हुन् ।
अक्सिजन अभावमा कोही पनि बिरामी उपचारबाट वञ्चित हुन नपरोस् भनेर पछि फिर्ता गर्ने शर्तमा ग्यास सिलिण्डर सङ्कलन गर्ने र आवश्यक क्षेत्रमा तत्कालै पुु¥याउने गरी बैँक स्थापना गरिएको कार्यक्रम संयोजक मीनु कुँवर श्रेष्ठले बताईन् ।
अटो मेकानिकल वर्कसपहरुमा दुई हजार हाराहारीमा अक्सिजन सिलिण्डर रहेकाले ती सिलिण्डर अक्सिजन ग्यास उद्योगमा लगेर भरिने र आवश्यकताका आधारमा अस्पतालहरुमा उपलब्ध गराउने गरी अक्सिजन बैँक स्थापना गरिएको बताइएको छ ।
कार्यक्रममा प्रचार संयोजक अर्जुन खनालले आपतकालीन अवस्थामा कसैलाई पनि अनावश्यक अक्सिजन ग्यास सिलिण्डर भण्डारण नगर्न आग्रह गर्दै अक्सिजन सिलिण्डर उपलब्ध गराएर आफूहरुको अभियानमा साथ दिन आग्रह गरे ।
उनले भने “अक्सिजनको अभावमा कोरोनाका गम्भीर बिरामीले मृत्युवरण गर्न नपरोस् भनेर लागि परेका छौँ । कोही कसैसँग अक्सिजन ग्यास सिलिण्डर छ भने हामीलाई उपलब्ध गराएर कसैको जीवन बनाउने अभियानमा साथ दिन अपिल गरेका छौैँ ।”
रोटरी क्लब अफ पोखरा, रोटरी क्लब अफ लेकसाइड, रोटरी क्लब अफ न्यूरोड, रोटरी क्लब अफ अन्नपूर्ण, रोटरी क्लब अफ फिस्टेल, रोटरी क्लब अफ मिट टाउन र रोटरी क्लब अफ पोखरा लेखनाथले अक्सिजन बैँक स्थापनाको अभियान शुरु गरेका हुन् । अक्सिजन प्लान्ट रहे पनि सिलिण्डर अभाव भएपछि स्थानीय प्रशासन, प्रहरी तथा जनप्रतिनिधिहरु सिलिण्डर खोजीमा जुटेका छन् ।











बैदेशिक राेजगारीमा पठाइदिने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ
गृहमन्त्री अर्याल सुर्खेतमा
तीन शीर्ष नेतासँग पहिलोपटक संवादमा प्रधानमन्त्री कार्की
राप्रपाको जनजागरणसभा पुस १२ गते झापामा हुने
नेप्सेमा सामान्य अंकको सुधार
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
प्रतिक्रिया