स्रोत नखुलेको १७ लाख ५० हजार भारुसहित बर्दियाबाट एक पक्राउ
मेरोन्यूज
२०७८ वैशाख २७ गते १२:००

काठमाडौं । बर्दियाको राजापुर नगरपालिका ४ सत्तीघाटबाट स्रोत नखुलेको १७ लाख ५० हजार भारतीय रकमसहित एक जना पक्राउ परेका छन् । आईतबार जिल्ला प्रहरी कार्यालय बर्दियाले कैलाली टिकापुर नगरपालिका १ का २९ वर्षीय गोपाल चौधरी पक्राउ गरेको हो ।
आइतबार कैलालीबाट बर्दिया आउँदै गरेको सु.प.प्र.०१००८ प ८१४५ नम्बरको मोटरसाइकलबाट रकम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक एसपी ईश्वर कार्कीले बताए । चौधरीले बोकेको कालो रंगको झोलाभित्र प्लाष्टिकको दुई वटा पोकामा रकम भेटिएको हो । पक्राउ परेका चौधरीलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय बाँके पठाइएको छ ।
सम्बन्धित
















पाकिस्तानमा भारी वर्षा र बाढी: १५ जनाको मृत्यु
एमालेको सचिवालय बैठक जारी
संवैधानिक इजालाससम्बन्धी छुट्टै ‘वेव पोर्टल’ प्रारम्भ
सभामुखमा डीपी अर्याल निर्विरोध निर्वाचित
सिन्धुलीमा माइक्रोबस र बस एकापसमा ठोक्किँदा १० जना घाइते
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
प्रतिक्रिया