सोमबार, जेठ २६, २०८२

देशभर बजार अनुगमन

मेरोन्यूज २०७८ वैशाख २७ गते १५:५५

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं, कोहलपुर र विराटनगरका मासु औषधी र खाद्य पसललाई कारबाही गरेको छ । कारबाही पर्नेमा आले मासुपसल, अली मासुपसल, जय भिमसेन मिट सप काठमाडौं र बिनुका फार्मेसी विराटनगर रहेका छन् ।

उपभोक्ता संरक्षण ऐन २०७५ विपरित ऐन दफा ३८(ङ) बमोजिमको कसुरमा ऐन दफा ३९(ङ) बमोजिम २० हजार रुपैयाँ जरिवाना तिर्नेमा काठमाडौँका आले मासु पसल, औषधी पसलहरु ओम आरोग्य, कोहलपुर मेडिकल कलेजभित्रको गौतम बुद्ध नेपालगञ्ज फार्मेर्सी र नेपा मेड्रस प्रा.ली विराटनगर रहेका छन् ।

यसैगरी अलि, जय भिमसेन, आमुसग ट्रेडर्स (खाद्य पसल), चन्द्रलोक किराना पसल (खाद्दान्न) र विराटनगरको एस फार्मेसीले ऐन दफा ३८(घ) बमोजिम बिजक नराखेको कसुरमा ऐन दफा ३९(क) बमोजिम ५ हजार रुपैयाँ जरिवाना तिरेका छन् ।

कोभिड–१९ को महामारीले गतसातादेखि भएको लकडाउनमा खाद्यपदार्थको मुल्य र स्वच्छ बारेमा बजार अनुगमन तिब्र पारेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता शिवराज सेढाईले जानकारी दिए ।

गत साता भक्तपुर र ललितपुरका केहिस्थानमा बुधबार बिहान भएको बजार अनुगमनमा केही पसलमा त्रुटी भेटिएकाले नष्ट गरिएको र क्षतिपूर्तीका गराइएको सेढाईले बताए । उपभोग्य बजारलाई व्यवस्थित बनाउन स्थानीय तहले पनि अग्रसरता देखाएकाले अनुगमनमा सहज भएको विभागको दाबी छ ।

Advertisement
machhapuchare

केन्द्रबाट मात्र सबै गर्न असहज हुने भएकाले स्थानियस्तरको नेतृत्वले सबै बजार अनुशासनमा ल्याउन सहज गर्ने भएकाले सबै पसलेले पौंकामा चौंका भन्दै ठग्ने प्रविधिबाट टाढा नभएकालाइृ कारबाहि गर्ने योजनामा विभाग रहेको छ ।

अनुगमनका लागि जिल्ला प्रशासन कार्यालय र नेपाल प्रहरीसँगै स्थानियस्तरको सहभागिता रहेको विभागले जनाएको छ ।

यो पनि पढ्नुहोस्

लकडाउनमा खाद्यान्नको मूल्यवृद्धि स्वभाविक, तर अनुगमनमा शंका नगरौं

प्रतिक्रिया