बागलुङमा पालिकाबाटै स्थायी लेखा नम्बर वितरण

गलकोट (बागलुङ) । आन्तरिक राजस्व कार्यालय बागलुङले स्थानीय तहबाटै स्थायी लेखा नम्बर (प्यान कार्ड) वितरण गर्न थालेको छ । उक्त कार्यालयको समन्वयमा यहाँको गलकोट नगरपालिका र म्याग्दीको बेनी नगरपालिकाले समेत प्यान कार्ड वितरण गर्न थालेको हो ।
गलकोट नगरपालिकाका सूचना अधिकारी राजु शाहनीले आन्तरिक राजस्व कार्यालयबाट दिँदै आएको प्यान कार्ड अब नगरपालिकाबाटै वितरण गर्न थालिएको जानकारी दिए । उनका अनुसार व्यक्तिगत प्यान कार्डका लागि अनलाइनमार्फत फाराम भरी ‘सबमिसन नम्बर’का आधारमा प्यान लिन सक्नेछन् । यसैगरी, व्यावसायिक कार्डका लागि व्यवसाय दर्ता प्रमाणपत्र, सञ्चालकको नागरिकता प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, जग्गाधनी पुर्जा, भाडा सम्झौता तथा सम्बन्धित वडा कार्यालयको सिफारिस आवश्यक पर्नेछ ।
आन्तरिक राजस्व कार्यालय प्रमुख कपिल सिलवालले पालिकाबाटै प्यान कार्ड जारी गर्ने व्यवस्था मिलाउन सुरु भएको, हाल गलकोट र बेनी नगरपालिकाबाट सेवा सुरु भइसकेको बताए । हाल कर चुक्तालगायत विभिन्न सेवा अनलाइनबाटै उपलब्ध गराइँदै र अब प्यान कार्डसम्बन्धी सेवा पनि जिल्लाका सबै स्थानीय तहमा विस्तार गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।
स्थानीयस्तरबाटै कार्ड पाउन थालेपछि जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यता अन्त्य भएको छ । गलकोटबाटै उक्त कार्ड प्राप्त गरेकीन ताराखोला गाउँपालिका–४ की माया घर्तीले यस सेवाले जिल्ला सदरमुकाम पुग्दा लाग्ने समय र खर्च दुवै बचत भएको बताए ।
















बागलुङमा पालिकाबाटै स्थायी लेखा नम्बर वितरण
युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी
काठमाडौँमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु
संसद् राेकेर सरकारले ल्यायो दुई वटा अध्यादेश
पहुँचका भरमा सवारी सुुविधा लिइरहेकाबाट फिर्ता गराइँदै
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
प्रतिक्रिया