संविधानलाई नै कोरोना लागेको जस्तो भयो : प्रचण्ड

काठमाडौँ । प्रतिनिधिसभा बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोरोना भाइरस (कोभिड–१९)को महामारीलाई परास्त गर्न सबै शक्ति लाग्नु पर्ने बताएका छन् ।
उनले कोरोनालाई परास्त गर्न आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत जायर गरेका थिए । बैठकमा बोल्दै प्रचण्डले कुनै आधारमा प्रधानमन्त्री ओलीले विश्वासको मत नपाउने दाबी गरे ।
‘हामीले धेरै वर्षदेखि देखिएको अभ्यासलाई देखेर संविधानमा एउटा सरकार निर्वाचित भएर पूरा ५ वर्ष काम गर्न पाउने वातावरण बनायौँ,’ प्रचण्डले भने, ‘हामीले के विश्वास गरेर संविधान बनायौँ ? र फेरि ३ वर्षको अवधिमा नै यो कस्तो भूमरीमा फस्न पुग्याँै हामीले विगतका गलत परम्परा र गतिविधिको काम गरेका हौँ, अहिले सरकार बनाउन सांसद किनबेचको अवस्थामा पुगेको छ, यसले सन्तुष्टि बनाएको छैन ।’
प्रचण्डले देशलाई एक ढिक्का बनाएर अगाडि लैजाने आफू नै भएको दाबी गर्दै प्रचण्डले भने, ‘पहिलोपटक वाम एकता गर्ने म नै हुँ, तर पछिल्लो समय वाम एकता र संविधानलाई नै कोरोना लागेर आइसियूमा राखेको जस्तो भयो ।’










निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
नेपाल ट्रस्टका पूर्वसचिव अर्जुन कार्की पक्राउ
नबिल बैंकद्वारा मास्टरकार्ड डेविट कार्ड जारी, ग्राहकले प्रिमियम सुविधा पाउने
९५७ ग्राम खैरो हिरोइनसहित चार जना पक्राउ
एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत, सेना परिचालन गर्न रक्षा मन्त्रालयलाई पत्र
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
आज २०८२ साल कात्तिक २८ गते शुक्रबारको राशिफल
सन्तोष परियारले छाडे रास्वपा
सन्तोष परियारले किन त्यागे रास्वपा ? यस्ताे छ उनकाे राजीनामा पत्र
नेपाली कम्युनिस्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
प्रतिक्रिया