शुक्रबार, चैत ६, २०८२

संविधानलाई नै कोरोना लागेको जस्तो भयो : प्रचण्ड

मेरोन्यूज २०७८ वैशाख २७ गते १५:१५

काठमाडौँ । प्रतिनिधिसभा बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोरोना भाइरस (कोभिड–१९)को महामारीलाई परास्त गर्न सबै शक्ति लाग्नु पर्ने बताएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

उनले कोरोनालाई परास्त गर्न आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत जायर गरेका थिए । बैठकमा बोल्दै प्रचण्डले कुनै आधारमा प्रधानमन्त्री ओलीले विश्वासको मत नपाउने दाबी गरे ।

‘हामीले धेरै वर्षदेखि देखिएको अभ्यासलाई देखेर संविधानमा एउटा सरकार निर्वाचित भएर पूरा ५ वर्ष काम गर्न पाउने वातावरण बनायौँ,’ प्रचण्डले भने, ‘हामीले के विश्वास गरेर संविधान बनायौँ ? र फेरि ३ वर्षको अवधिमा नै यो कस्तो भूमरीमा फस्न पुग्याँै हामीले विगतका गलत परम्परा र गतिविधिको काम गरेका हौँ, अहिले सरकार बनाउन सांसद किनबेचको अवस्थामा पुगेको छ, यसले सन्तुष्टि बनाएको छैन ।’

प्रचण्डले देशलाई एक ढिक्का बनाएर अगाडि लैजाने आफू नै भएको दाबी गर्दै प्रचण्डले भने, ‘पहिलोपटक वाम एकता गर्ने म नै हुँ, तर पछिल्लो समय वाम एकता र संविधानलाई नै कोरोना लागेर आइसियूमा राखेको जस्तो भयो ।’

प्रतिक्रिया