ओली नेतृत्वको सरकारलाई हटाएर नयाँ सरकार बनाऔँ : प्रचण्ड

काठमाडाैँ । प्रतिनिधिसभा बैठकमा बोल्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरी गलत काम गरेको बताए । प्रधानमन्त्री ओलीले हामीलाई मारिसकेकाले यो संसदबाट विश्वासको मत माग्न कुनै नैतिकता नभएको बताए ।
‘प्रधानमन्त्रीले हामीलाई मारेसके, तर हामी आफै मरिसक्यौँ भने मरेका हौँ नत्र हामी मरेका छैनौँ,’ प्रचण्डले भने, ‘तपाईले गर्दै आउनु भएको कामहरूप्रति सबै आशंकित छ, विशेष अधिकारमा राष्ट्रपतिले अधिवेशन बोलाउन पाउनु हुन्छ, तर तपाईले यहाँ पनि सदनलाई जसरी अस्वेचारी ढंगले विघटन गरी फेरि बोलाउनु भयो त्यो गलत हो ।’
प्रचण्डले नेकपाको ऐतिहासिक एकतासँगै प्रधानमन्त्री ओलीले पाएको यति ठूलो अवसर गुमाएको बताए । ‘यस्तो अवसरमा प्रधानमन्त्रीले शिलान्यास र उद्घाटन मात्रै गर्नु भयो, कोरोना महामारीको दोस्रो लहर आउँदै गर्दा मान्छेको भीड जम्मा गर्नु भयो,’ उनले भने, ‘आज तपाईलाई विश्वासको मत लिनु थियो भने हिजो किन संवैधानिक परिषद्को बैठक बोलाउनु भयो ? तपाई पावरमा भएपछि सबै कुरालाई मिचेर देखाइदिन्छु भन्ने आयो कि के हो ?’
प्रचण्डले कोरोना लागेपछि प्रधानमन्त्री ओली नेतृत्वको सरकार कमिसनको खेलमा मात्रै लागेको आरोप लगाए । आफूले मात्र नभएर देशको प्रमुख निकायले नै सरकारबाट भ्रष्ट्राचार भएको जनाएको उनले बताए ।
प्रचण्डले संसदबाट फेरि पनि नयाँ सरकार बनाउने सम्भव भएको बताउँदै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भनेको नयाँ सरकार गठन गर्नेमा सहमति जनाउने बताए ।
















टी-२० विश्वकप : भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
सार्क क्षेत्रको जाइका अलमनाइ एसोसिएसनको अध्यक्षमा भुसाल निर्वाचित
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
आज २०८२ साल माघ २२ गते बिहीबारको राशिफल
प्रतिक्रिया