कर्णालीमा स्वास्थ्यका १२० कर्मचारी करारमा नियुक्त

सुर्खेत । कर्णाली प्रदेश सरकारले नयाँ भेरियन्टसहितको कोभिड–१९ को रोकथाम, नियन्त्रण, उपचार तथा प्रतिकार्यका लागि स्वास्थ्यका १२० कर्मचारीलाई करारमा नियुक्ति दिएको छ ।
प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले स्वास्थ्यका पाँचौं तहका १२० कर्मचारीलाई करार नियुक्तिका लागि सिफारिस गरेको हो ।
आयुर्वेदिकतर्फ कविराज दुई, रेडियोग्राफर फार्मेसी असिस्टेन्ट छ/छ, ल्याब टेक्निसियनतर्फ १२ र स्टाफ नर्सतर्फ ७६ जनालाई करार नियुक्तिका लागि सिफारिस गरिएको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका निमित्त निर्देशक डा. रविन खड्काले जानकारी दिए ।
निर्देशक डा. खड्काका अनुसार प्रदेश अस्पताल सुर्खेतमा तीन, स्वास्थ्य सेवा कार्यालय कालीकोटमा र जाजरकोटमा दुई/दुई, हुम्ला, मुगु र डोल्पामा एक/एक हेल्थ असिस्टेन्ट सिफारिस गरिएको छ ।
त्यस्तै प्रदेश अस्पताल सुर्खेत, जिल्ला अस्पताल दैलेख, रुकुमपश्चि, कालीकोट, जाजरकोट र मुगुमा एक/एक गरी छ रेडियोग्राफरलाई करार नियुक्ति दिइएको छ ।
त्यसैगरी प्रदेश अस्पतालमा पाँच र मेहलकुना अस्पताल सुर्खेतमा एक गरी छ, स्वास्थ्य सेवा कार्यालय मुगु, कालीकोट, दैलेख, जाजरकोट, रुकुमपश्चिम र सल्यानमा एक/एक गरी १२ ल्याब असिस्टेन्टलाई करार नियुक्ति दिइएको उनले बताए ।
त्यस्तै फार्मेसी सहायक प्रदेश अस्पताल सुर्खेत, स्वास्थ्य सेवा कार्यालय कालीकोट, दैलेख, जाजरकोट, रुकुमपश्चिम र सल्यान एक/एक गरी छ जना सिफारिस गरिएको छ ।
निर्देशक डा. खड्काका अनुसार स्टार्फ नर्स कर्णाली प्रदेश अस्पतालमा ५९ र मेहलकुना अस्पतालमा दुई, स्वास्थ्य सेवा कार्यालय हुम्लामा तीन, मुगु, डोल्पा, कालीकोट, दैलेख, जाजरकोट, रुकुमपश्चिम, सल्यानमा दुई/दुई गरी १५ जना सिफारिस गरिएको छ ।
स्वास्थ्य सेवा कार्यालय मुगु र दैलेखका लागि एक÷एक जना कविराज नियुक्त गरिएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।
करार नियुक्तिका लागि सिफारिस भएका सबै कर्मचारीलाई पाँच दिनभित्र कार्यालयमा हाजिर हुन निर्देशनालयले निर्देशन दिएको छ ।
प्रदेश सरकारले असोज ८ गते सेवा करारका लागि गरेको विज्ञापनमा विभिन्न ढिलाइ भए पनि हालै सिफारिस गरिएको जनशक्तिले कोभिड नियन्त्रण तथा व्यवस्थापनमा ठूलो सहयोग पुग्ने प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री विमला केसीले बताइन् ।
“स्वास्थ्य क्षेत्रमा देखिएको जनशक्ति अभावले धेरै अस्पतालको कार्यले गति लिन सकेको थिएन”, प्रवक्ता केसीले भनिन्न “अहिले प्रदेश सरकारले नयाँ भेरियन्टसहितको कोभिड रोकथाम, नियन्त्रण तथा प्रतिकार्यका लागि ठूलो सङ्ख्यामा स्वास्थ्यकर्मी नियुक्त गरेको छ ।”
यो जनशक्तिले बिरामीको उपचार तथा सङ्क्रमण नियन्त्रण गर्न सघाउने पुग्ने उनले विश्वास व्यक्त गरिन्।
















सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
एक दिवसीय क्रिकेटको खेलतालिका सार्वजनिक
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
विद्यार्थी भर्ना वैशाख १५ गतेबाट सुरु हुने
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
डेपुटी गभर्नर पण्डितले लिए शपथ
राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त
प्रतिक्रिया