कविता
आमालाई सम्झिँदा…

पुजनीय आमा !
दण्डवत ढोग छ
आराम छु, आराम चाहान्छु
तिमी पनि आरामै छौँ भन्ने आशा गरेको छु
आमा मुटुभरिको माया छ
आमा मनभरिका सम्झना छ
आमा !
आज मातातीर्थ औंसी
आमाको मुख हेर्ने दिन
नजिक नभए पनि
टाढाबाटै मिठो सम्झिरहेको छु
टाढा हुनु मेरो रहर होइन
बाध्यता हो
के गरुम आमा
नियती नै यस्तै छ
टाढा हुनुपर्ने
यो चाहाना होइन, बाध्यता हो
परिस्थितिले टाढा बनायो
आमा !
तिम्रो याद आउछ
तिम्रो यादमा मन भावुक हुन्छ
सम्झनाले मन उम्लिरहन्छ
मनलाई थाम्न खोज्छु
तर, थाम्न सक्दिनँ
आमा !
तिम्रो कोख कति ठूलो छ
कति विशाल छ
कति स्वच्छ छ
कति सुन्दर छ
अनि कति प्रिय छ
आमा !
तिम्रो आशीर्वाद महान छ
तिम्रो बोलीमा आशीर्वाद
तिम्रो गालीमा आशीर्वाद
तिम्रो को पिटाईमा आशीर्वाद हुन्छ
र, सन्तानलाई उचाइँमा पुर्याउँछ
आमा !
सक्दिन तिम्रो मातृत्व शक्ति बिर्सिन
कहिलै बिर्सिने पनि छैन
तिमीलाई कसरी बिर्सिन सक्छु
आफ्नो भागको रोटी मलाई दिएको
लुकाएर राखेको पैसा मलाई दिएको
आमा !
तिम्रो उध्रेको चोली सिलाउनु छ
बाको पीडामा मलम लगाउनु छ
चुइने झोपडीको छाँनो टाँल्नु छ
समयसँगै अगाडि बढ्नु छ
आफ्नै पैदलमा हिड्न सक्नु छ
आफ्नो जिम्मेवारी आफैँ उठाउनु छ ।।

हरि भट्ट
मेरोन्यूजकर्मी हरि भट्ट राजनितिक विषयमा कलम चलाउछन् ।
















स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का
Malekhu-Muglin road to be closed for six hours at night from today
इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
कुन विदेशी मुद्रा कतिमा कारोबार हुँदैछ आज ?
प्रतिक्रिया