स्वास्थ्य सामाग्री ल्याउन चीन गएको जहाज काठमाडौँ आयो

काठमाडौँ । नेपाली आकाशमै होल्डपछि चीनबाट ल्याएको अक्सिजन सिलिन्डर सहितको नेपाल वायुसेवा निगमको वाइडबडी जहाज त्रिभुवन विमानस्थलमा अवतरण भएको छ । नेपालको आकाशमा ३ बजे प्रवेश गरेको जहाज ४ बजे मात्र अवतरण गरेको त्रिभुवन विमानस्थलले जनाएको छ ।
गत साता राति चीनको बेइजिङमा गएको वाइडबडी आज मंगलबार साढे २ बजे अवतरण गर्नुपर्नेमा विमानमा कुनै समस्या नभएपनि सुरक्षाका लागि १ घण्टा होल्डिङ गरेको विमानस्थलका उडान व्यवस्थापक निर्देशक दीपु ज्वारचनले जनाएका छन् । ४ सय थान अक्सिजन सिलिन्डर, १० थान भेन्टिलेटर र १७३ थान अक्सिजन कन्सन्ट्रेटर जहाज मार्फत ल्याइएको हो ।
चीन सरकारले नेपालमा अक्सिजन सिलिन्डर अभाव भएसँगै २० हजार सिलिन्डर अनुदानमा दिने प्रतिबद्धता जनाएनुसार पहिलो पटक ४ सय सिलिन्डर ल्याइएको अरु केही दिनमा आउने परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिईन् ।
यो पनि पढ्नुहोस्
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ भन्छन्- नेपाललाई छिट्टै स्वास्थ्य सामाग्री पठाउँछाै
















इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
आजको मौसम पूर्वानुमान :आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
प्रतिक्रिया