चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ भन्छन्- नेपाललाई छिट्टै स्वास्थ्य सामाग्री पठाउँछाै

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) महामारी फैलिएसँगै नेपाललाई चीनले दोस्रो चरणको स्वास्थ्य सामग्री सहयोग गर्नका लागि अन्तिम अवस्थामा रहेको बताएकाे छन् । चीनका विदेश मन्त्रालयका प्रवक्ता वाङ विइविनले प्रेस ब्रिफिङमा बोल्दै नेपाललाई सहयोग गर्ने बताएका हुन् ।
‘मैत्री छिमेकी र रणनीति सहकारी साझेदारका रूपमा नेपाल र चीनले एक अर्कालाई सहयोग पु¥याएका छन् । र, महामारीको प्रकोपपछि दुई देशको मैत्री सम्बन्ध नयाँ अध्याय सुरु भएको छ,’ प्रवक्ता वाङले भने ।
नेपालमा नयाँ भेरियन्टको कोरोनाको बढ्दो प्रकोपलाई औल्याउँदै प्रवक्ता वाङले भने, ‘नेपालले सामना गरिरहेका चुनौतीहरूलाई चीनले बुझेको छ, नेपालीलाई सहयोग पुर्याउन सक्दो छिटो कार्य गरिरहेका छौँ ।’
हालै नेपाल, चीन, अफगानिस्तान, बंगलादेश, पाकिस्तान र श्रीलंकाका विदेशमन्त्रीहरूबीच भएको भिडियो संवादमा वाङले नेपाललाई स्वास्थ्य सामग्री प्रदान गर्ने प्रतिबद्धता जनाएका थिए । चीनले नेपाललाई प्रदान गर्ने भनिएको स्वास्थ्य सामग्री अन्तिम अवस्थामा रहेको र छिट्टै नेपालमा पठाइने प्रवक्ता वाङले बताए ।
वाङले भने, ‘चीन सरकार सक्रिय रूपमा नेपाललाई आवश्यक सहयोग पुर्याइरहेका छन् । हामी विश्वास गर्छौं कि नेपाल सरकारको नेतृत्वमा र सबै पार्टीहरुको संयुक्त प्रयासमा नेपाली जनताले चाँडो महामारीलाई जित्ने निश्चित छ, आफ्नो जीवन र उत्पादन सामान्य अवस्थामा देख्ने छन् ।’ एजेन्सी
















एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ओलीको नयाँ भर्सन बालेन सरकार- हर्क साम्पाङ
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
इरान युद्धले विश्व अर्थतन्त्रमा दबाब
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
प्रतिक्रिया