दैनिक १५ हजार अक्सिजन सिलिण्डर माग, अस्पतालमा १० हजार मात्रै
स्वास्थ्य सामग्री खरिदका लागि १४ अर्ब बजेट सुनिश्चित
मेरोन्यूज
२०७८ वैशाख २८ गते १७:१३

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) संक्रमितका लागि दैनिक १५ हजार सिलिण्डर अक्सिजन माग भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका सचिव लक्ष्मण अर्यालले अहिले दैनिक १५ हजार सिलिण्डर अक्सिजन माग भइरहेको बताए । उनले भने, ‘अहिले अस्पतालहरूसँग १० हजार सिलिण्डर मात्रै रहेको छ ।’
सचिव अर्यालका अनुसार लिक्विड अक्सिजन ट्याँक किन्ने प्रक्रिया सुरु गरिएको छ । दाताहरूसँग २०–२० हजारमाथिका अक्सिजन ट्याँकका लागि प्रस्ताव गरिएको उनको जानकारी दिए । ‘२ सय बेडमाथिका अस्पतालले अक्सिजन प्लान्ट राख्न चाहेमा सरकारले सहयोग गर्नेछ,’ उनले भने ।
उनले स्वास्थ्य सामग्री खरिदका लागि १४ अर्ब बजेट अर्थ मन्त्रालयबाट सुनिश्चितता भएको पनि जानकारी दिए ।
सम्बन्धित
















ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्तीका घरटहरा हटाउने क्रममा २२ सुरक्षाकर्मी घाइते
आज आइतबार कस्तो रहला तपाईँको भाग्य ? हेर्नुहोस् राशिफल
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
प्रतिक्रिया