मम्मी
किरण अधिकारी
२०७८ वैशाख २८ गते १७:४८

मम्मी ! म आज पनि
उस्तै किताब पढ्छु,
जस्तो तपाईले सिकाउनुभयो ।
मेरो अनुहार, हासो देखेर
सबै भन्छन् – ठ्याक्कै मम्मी जस्तै ।
मेरो सबै पाईला
तपाई कै एक हेराई हो,
म कसरी ?
अरुको धेरै र तपाईको
थोरै बने ?..
मम्मी ! किताब पढ्ने निहुँ
तपाईको एक हेराई हुँ ।
मलाई राम्रै याद छ,
भाइलाई बुबु चुसाउदै
मलाई किताब पढ् भन्नुभाकोे
केही खाने ईच्छा हुँदा
थोर–धेर खोजी ल्याको
मंम्मीको पूजा कोठामा
जति ढल्थ्यो मंगलबार,
उति बल्थ्यो दियो‘
म कसरी ?
किताबको नजिक
तपाईबाट टाढा भइदिए
मम्मी ! म अनन्तः
तपाई नजिक आउनै सकिन
किताब एउटा निहुँ भयो
मम्मी ! म भाग्यमानी बन्न
किताब पल्टाईरहन्छुँ
लाग्छ मंगलबार नआओस्
मम्मी ! तपाईलाई सम्झिनुमात्रको विकल्प छैन ।
मम्मी ! यो संसारबाट आज मंगलबार बिदा हुनुभो ! फोटो र सम्झनामा मात्र
यो पनि पढ्नुहोस्

किरण अधिकारी
मेराेन्यूजकर्मी अधिकारी अर्थसम्बन्धी विषयमा कलम चलाउँछन् ।
सम्बन्धित













कांग्रेस विशेष महाधिवेशन सुरु
कांग्रेस विशेष महाधिवेशन : सहभागीको नाम दर्ता जारी
पशुपन्छीमा जथाभावी ‘एन्टिबायोटिक’ प्रयोग नगर्न आग्रह
मुख्य र निर्वाचन अधिकृतका लागि प्रशिक्षण दिँदै आयोग
त्रिशूलीमा माछा मार्ने क्रममा बसको अवशेष भेटियो, सीमलतालमा हराएको बस हुन सक्ने आशंका
अभिनेता सौगात मल्ल भन्छन् – ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो
संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
प्रतिक्रिया