मम्मी
किरण अधिकारी
२०७८ वैशाख २८ गते १७:४८

मम्मी ! म आज पनि
उस्तै किताब पढ्छु,
जस्तो तपाईले सिकाउनुभयो ।
मेरो अनुहार, हासो देखेर
सबै भन्छन् – ठ्याक्कै मम्मी जस्तै ।
मेरो सबै पाईला
तपाई कै एक हेराई हो,
म कसरी ?
अरुको धेरै र तपाईको
थोरै बने ?..
मम्मी ! किताब पढ्ने निहुँ
तपाईको एक हेराई हुँ ।
मलाई राम्रै याद छ,
भाइलाई बुबु चुसाउदै
मलाई किताब पढ् भन्नुभाकोे
केही खाने ईच्छा हुँदा
थोर–धेर खोजी ल्याको
मंम्मीको पूजा कोठामा
जति ढल्थ्यो मंगलबार,
उति बल्थ्यो दियो‘
म कसरी ?
किताबको नजिक
तपाईबाट टाढा भइदिए
मम्मी ! म अनन्तः
तपाई नजिक आउनै सकिन
किताब एउटा निहुँ भयो
मम्मी ! म भाग्यमानी बन्न
किताब पल्टाईरहन्छुँ
लाग्छ मंगलबार नआओस्
मम्मी ! तपाईलाई सम्झिनुमात्रको विकल्प छैन ।
मम्मी ! यो संसारबाट आज मंगलबार बिदा हुनुभो ! फोटो र सम्झनामा मात्र
यो पनि पढ्नुहोस्

किरण अधिकारी
मेराेन्यूजकर्मी अधिकारी अर्थसम्बन्धी विषयमा कलम चलाउँछन् ।
सम्बन्धित
















आज रास्वपाको सचिवालय बैठक बस्दै
भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ
राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
हर्क साम्पाङले मागे बालेनको राजिनामा
प्रतिक्रिया