सय शय्याको कोरोना अस्पताल बनाउन शुरु

धनुषा । प्रदेश २ सरकारले छुट्टै १०० शय्याको कोरोना अस्पताल निर्माण आजदेखि शुरु गरेको छ । जनकपुरधामको वडा नंं १४ मुजेलियामा रोकिएर रहेको मणिपाल शिक्षण अस्पतालको भवनमा कोरोना अस्पताल बनाउन थालिएको हो ।
जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय जनकपुरधामका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर भगवान झाले अस्पताल बनाउन छोटो प्रक्रिया मार्फत टेन्डर आव्हान गरेको प्रदेश सरकारले दुई चरणमा निर्माण सक्ने योजना रहेको बताए ।
बीस शय्याको आइसियुसहितको संरचना १५ दिनमा सक्ने लक्ष्य छ । तीन करोड २५ लाखमा बन्ने उक्त अस्पतालमा कोरोना सङक्रमितको सबै प्रकारका उपचारका सुविधाहरू रहने छ ।
जनशक्ति व्यवस्थापनका लागि प्रदेश सरकारले गृहकार्य थालीसकेको प्रदेश २ को सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रादेशिक कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको निर्णय एवम् मुख्यमन्त्री लालबाबु राउतको निर्देशनमा सो अस्पताल बनाउन लागिएको हो ।
















शिक्षा क्षेत्र दलीय राजनीतिमुक्त बनाउन शिक्षामन्त्रीको पहल
जापान वाता ओपनमा गणेशलाई स्वर्ण, प्रवीण र सन्देशले जिते रजत
पुल बगाउँदा भोजपुर–चखेवा सडक बन्द
कांग्रेस अनुशासन समितिकाे बैठक बस्दै
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
१७ अंकले घट्यो नेप्से
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
प्रतिक्रिया