आजको राशिफलः वैशाख २९ गते बुधबार

काठमाडौं । आज २०७८ साल वैशाख महिनाको २९ गते बुधबार, वैशाख शुक्लपक्षको प्रतिपदा तिथि । ललितपुरमा मत्स्येन्द्रनाथ रथारोहण । अब लागौं आजको राशिफलतर्फ
मेष
भित्रि बुद्धि र चतुर्याईका कारण कठिनाईसँग जुध्ने तागत प्राप्त हुने छ । आत्माबल बलियो हुने छ । नेतृत्वदायी क्षमतामा पनि बृद्धि हुने छ । सामान्यतया मनमा अकस्मात उदासिनताले डेरा बसाउने छ । पेशागत जीवनबाट आम्दानीमा थोरै भए पनि बृद्धि हुने छ । राजनीतिक क्षेत्रमा लागेकाहरुलाई समय धेरै सकारात्मक नभए पनि प्रतिकुल पनि हुने छैन् । कोइलाको कारोवार, फलाम, श्रम आपूर्ति, ठेक्कापट्टा, ग्रिल उद्योग, उद्योग, कलकारखाना जस्ता क्षेत्रमा आवद्धहरुलाई थोरै भए पनि सकारात्मकता थपिने छ ।
वृष
पेशागत तथा ब्यावसायिक जीवनमा सकारात्मक देखिने छ । तर मनलाई भने उदासिनता र दुविधाले ग्रस्त बनाउने छ । ब्यक्तित्वमा आउने दृढताले समस्याहरुलाई चिर्न ठुलो मद्दत गर्ने छ । नेतृत्व क्षमतामा गिरावट आउने भएकाले सबैलाई समेटेर नेतृत्व प्रदान गर्ने क्षमतामा कमि आउने छ । किराना पसल, दैनिक उपभोग्य सामानको ब्यापार, प्राज्ञिक क्षेत्र, लेखन, अध्यापन, शिक्षण पेशा जस्ता क्षेत्रमा संलग्नहरुका लागि समय केही सकारात्मक बन्ने छ ।
मिथुन
आम्दानीमा हुने बृद्धिले ब्यक्तित्वमा दृढता थप्ने छ । उच्च मनोबल हुने छ, जसले गर्दा प्रतिष्पर्धात्मक क्षमतामा पनि बृद्धि हुने छ । रिस कडा हुने भएकाले यसबारेमा संयमित रहने प्रयास हरदम गर्नु होला । बोलीको प्रभाव घट्न पुग्दा ब्यक्तित्वको गरिमामा आँच आउने छ । त्यसैले बोलीलाई संयममा राख्नु होला । उद्योग कलकारखानामा श्रम समस्या उत्पन्न हुने छ । सार्वजनिक यातायात, भाडाका गाडि, उद्योग कलकारखाना, ग्यारेज, ग्रिल उद्योग, नट बल्टुको कारोबार जस्ता क्षेत्रमा संलग्नहरुका लागि समय अनुकुल छैन् ।
कर्कट
अरुको विश्वास जित्ने सकिने छ । आफ्नो कर्म र पेशा तथा ब्यवसायप्रति समर्पित हुने जाँगर र उर्जा प्राप्त हुने छ । कर्मशिल ब्यक्तित्व बन्ने छ । तर आफुले गरेका कामको अरुबाट कम नै मुल्यांकन हुने भएकाले मनमा निराशा आउने छ । त्यसैले निरन्तर कर्म गर्न भने नछोड्नु होला । भाग्यको साथ नरहेकाले अपजस ब्योहर्नु पर्ने छ । दाम्पत्य जीवनमा मधुरता छाउने छ । पैतृक सम्पत्तिको परिचालनबाट लाभ मिल्ने छ । राजनीति, प्रशासन, नेतृत्व, क्षेत्रमा सक्रियहरुलाई अनुकुल देखिन्छ ।
सिंह
भाग्यको बलियो साथ रहेकाले आम्दानीमा केही बृद्धि हुन जाने छ । पेशागत र ब्यावसायिक जीवनमा औसत समय सक्रिय रहेको छ । ब्यक्तित्वको भने कदर हुने छ । राखिएका लक्ष्य र महत्वाकांक्षा पुरा हुन केही ढिला भएता पनि पुरा हुने छन् । राजनीति, निजामति , प्रशासनक क्षेत्र, ब्यवस्थापन, बैंकिङ्ग, बीमा, औषधी आपूर्ति, कपडा, ठेक्कापट्टा, अस्पतालजन्य सामानको आपूर्ति जस्ता क्षेत्रमा रहेकाहरुलाई फाइदा मिल्ने छ ।
कन्या
समय प्रतिकुल रहेकाले संयमित रहनु होला । मनले सोचेका लक्ष्यहरु पुरा हुने छैनन् जसले गर्दा मनमा उदासिनताको मात्रा बढ्ने छ । मेहनत गरेर कमाएको धनको सदुपयोग हुन नसक्ने भएकाले यसबारेमा निकै विचार गर्नु होला । साझेदारीमा गरिएका कामहरुमा बिबाद चर्किने छ । दाम्पत्य जीवनमा पनि असमझदारीहरु आउने छन् । वाणिज्य, उपभोग्य सामानको कारोवार, तेल, खाने तेल, पत्रकारिता, ब्यवस्थापन, आदी जस्ता क्षेत्रमा संलग्नहरुलाई केही फाइदा मिल्ने छ । अरुको हकमा समय सामान्य रहेको छ ।
तुला
कमजोर ब्यक्तित्व हुने भएकाले अरुले हेप्न खोज्ने छन् । भाग्यहिनता हुने भएकाले कर्मशिलताको अभाव हुने छ । कार्यालय तथा ब्यवसायमा आफु भन्दा माथिका हाकिमअरुसँग सम्बन्धमा चिसोपना आउने भएकाले ध्यान दिनु होला । जीवनसाथिको साथसहित अघि बढेमा पेशा तथा ब्यवसायमा सकारात्मकता थपिने छ । परिवारको साथ रहने हुनाले केही मनमा भने अवश्य राहत मिल्ने छ । प्रेस जगत, इन्जिनियरिङ्ग, आम संचारमाध्यम, पत्रकारिता, स्टेसनरी, पुस्तक, छापाखाना, सौन्दर्य ब्यवसाय जस्ता क्षेत्रमा सक्रियहरुको पेशागत जीवनमा समस्याहरु निम्तिने छन् ।
वृश्चिक
समय प्रतिकुल रहेकाले संयमित भएर मात्र निर्णयहरु लिनु होला । नकारात्मक विचारहरु एकपछि अर्काे आउने छन् । यसले मनमा निराशा छाउने छ । शरीरमा आलस्यताले सताउने छ । जसले गर्दा निर्णय क्षमतामा ह्रास आउने छ, ढुलमुले स्वाभाव देखिने छ । नेतृत्व क्षमतामा कमि आउने भएकाले अरुले पत्याउने छैनन् । घर जग्गाको कारोवार, ठेक्कापट्टा, डान्सबार, सुरक्षा निकाय, सर्जरी, होटल तथा रेष्टुरेण्ट आदी जस्ता क्षेत्रमा आवद्धहरुको हकमा पेशागत जीवनमा कठिनाई सामना गर्नु पर्ने समय छ ।
धनु
समय सकारात्मकतर्फ उन्मुख छ । भाग्यको बलियो साथ रहेकाले दृढ खाले ब्यक्तित्व बन्ने छ । मनमा पनि दृढता बढ्ने छ । तर थालि सकेका कामहरुलाई सम्पन्न गर्नेबारेमा भने निरन्तरताको अभाव हुने भएकाले ती कामहरु अलपत्र पर्ने छन् । बोलीको प्रभाव नहुने भएकाले यसबारेमा ध्यान दिनु होला । सकभर बिनम्र हुने प्रयास गर्नुहोला । पेशागत जीवनमा विभिन्न अवरोध तथा समस्याहरु उत्पन्न हुने भएकाले निकै संयमित रहँदा यसबाट बच्न मद्दत पुग्ने छ । साझेदारीमा गरिएका कामहरुमा बिबाद उत्पन्न हुने छ । पत्रकारिता, ब्यवस्थापन, बैंकिङ्ग तथा वित्त क्षेत्र, बाणिज्य जस्ता क्षेत्रमा सक्रियहरुको हकमा पेशागत जीवनमा कठिनाईहरु देखा पर्ने छन् ।
मकर
कठिन परिस्थितिसँग नआत्तिने स्वाभाव बृद्धि हुने छ । प्रतिष्पर्धात्मक क्षमतामा बृद्धि हुने छ । आम्दानीमा पनि केही बृद्धि हुन जाने छ । मनोबल उच्च हुने भएकाले दृढ खाले ब्यक्तित्व हुने छ । अति धेरै रिसालु स्वाभावमा पनि बृद्धि हुने भएकाले यसमा संयम हुन नसके झैझगडा र बिबादमा फसिने छ । पारीवारिक द्वन्द देखा पर्ने भएकाले यसमा ध्यान दिनुहोला । पुरातात्विक क्षेत्र, अनुसन्धान, मनोपरामर्श, कुटनीति, खोज, गुप्तरी, अन्तर्राष्ट्रिय सम्बन्ध जस्ता बिधामा रहेकाहरुलाई समय अनुकुल देखा परेको छ ।
कुम्भ
आम्दानीमा थोरै भए पनि बृद्धि हुने छ । पेशागत जीवनमा केही अप्ठ्याराहरु आउने भएकाले संयमित रहनु होला । यात्रामा अवरोधहरु आउने छ । जीवनसाथिको सल्लाहमा कामहरु गरेमा उक्त काम सम्पन्न गर्न मनोबल र ढाडस प्राप्त हुन जाने छ । परिवारका अन्य सदस्यहरुले पनि सहयोग गर्ने छन् । नारी प्रधान सौन्दर्यका प्रशाधन, भान्सा कोठाका सामान, सजावटको सामान, सर्जरीका सामान, औषधी, मेकअप, घर जग्गाको कारोवार, सवारीसाधन, सवारीसाधन, जस्ता क्षेत्रमा आवद्धहरुको हकमा समय हल्का सकारात्मक देखा पर्ने छ ।
मीन
आम्दानीमा हुने थोरै बृद्धिले मनमा शान्ति मिल्ने छ । भाग्यको बलियो साथ रहेकाले चुनौति सामना गर्ने शक्ति प्राप्त हुने छ भने चुनौतिको अवस्थामा पनि धैर्यता प्राप्त हुने छ । मनमा सुख र सन्तोष प्राप्त हुने छ । पारीवारिक तनाव उत्पन्न हुने भएकाले यसले आफूलाई एक्लो महशुस हुने छ । पेशागत जीवनमा विभिन्न खाले आरोपहरु खेप्नु पर्ने भएकाले संयमित भएर बोल्नु होला भने धैर्य भएर काम गर्नु होला । केमिकल्स, सामान ढुवानी, ठेक्कापट्टा, सिमेण्ट, फलाम, ग्रिल, रसायनीक मल, घर जग्गाको कारोवार जस्ता क्षेत्रमा कारोवार गर्नेहरुलाई केही राहत मिल्ने छ ।

ज्यो. दिवाकर पन्त
ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८














बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
मुद्रास्फीति तीन दशमलव २५ प्रतिशत
सात महिनामा साढे १२ खर्ब रेमिट्यास भित्रियो
बिहीबारदेखि मौसमी गतिविधि बढ्ने
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
‘म्यागासेसे’ को संसद् यात्रा…
एमाले उपाध्यक्ष पौडेलको अपिल : पार्टीकाे नीति, नेतृत्व र कार्यशैली फेरौँ
प्रतिक्रिया