ओली समूहसँग आत्मसमर्पण हुँदैन : नेता भुसाल

काठमाडौँ । नेकपा एमालेभित्रको विवाद उत्कर्षमा पुग्दै गर्दा नेता घनश्याम भुसालले केपी शर्मा ओली समूहसँग आत्मसमर्पण नगर्ने बताएका छन् । उनले ओली समूहसँग आत्मसमर्पण नगर्ने संकेत गर्दै नेता माधव नेपाल र झलनाथ खनाललाई गाली गरेर पार्टी विभाजन गर्न लागिएको टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा राख्दै नेता भुसालले नेपालमा संविधान जारी हुँदा असफल भएका र प्रतिनिधिसभा पुनःस्थापना हुँदा दोस्रोपटक असफल भएका शक्तिहरुका आँडमा आफूहरूसँग बदला लिन खोजेको आरोप लगाएका छन् । उनले नाम नलिई विदेशी शक्तिले प्रतिनिधिसभा विघटनको बाटोमा लैजान खोजेको आरोप लगाए ।
‘हिजो प्रचण्डलाई गाली गरेर पार्टी विभाजनको पाप ढाक्ने प्रयास भयो, आज झलनाथ–माधवलार्ई गाली गरेर बाँकि रहेको नेकपा एमालेलाई विभाजित गरिँदैछ,
आज हामीविरुद्ध गरिएका गालीगलौज वा आलोचनाले नेपालमा संविधान जारी हुँदा असफल भएका र विघटित प्रतिनिधिसभा पुनःस्थापित हुँदा दोश्रोपटक पनि असफल भएका शक्तिहरुले चुनावको नाममा फेरि प्रतिनिधिसभा विघटन गराएर हामीसँग बदला लिन कस्सिएका छन् भन्ने दावीको खण्डन हुँदैन,’ उनले भने, ‘ विद्रोहले क्रान्तिमा योगदान गर्छ कि गर्दैन भन्ने विषयमा इतिहासमा ठूलो विवाद छ, तर आत्मसर्पण क्रान्तिप्रति गद्दारी हो भन्ने कुरा हामीलाई राम्ररी थाहा छ ।’










प्रधानमन्त्री कार्कीसँग संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट
साना तथा लघु उद्यम कर्जा विस्तारका लागि डीएआई-उदय परियोजनासँग ग्लोबल आइएमई बैंकको सहकार्य
नागरिक लगानी कोषले बोलायो साधारणसभा
EC scraps six political parties
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
प्रतिक्रिया