भरतपुर अस्पतालमा शैय्या थपेपछि स्वास्थ्य सामग्रीको अभाव

चितवन । भरतपुर अस्पतालले कोभिड उपचारका लागि शैय्या थप गरेपछि अक्सिजन, मास्क, पिपिइलगायतका स्वास्थ्य सामग्रीको अभाव हुने भएको छ ।
अस्पतालले हालै शैय्या र जनशक्ति थप गरेको छ । थप शैय्याका लागि आवश्यक पर्ने सामग्री कमी हुने भएको हो ।
अस्पतालले एक सूचना प्रकाशित गर्दै कोभिड सङ्क्रमितका लागि छुट्याइएको शैय्या सङ्ख्याभन्दा बढी सङ्ख्यामा बिरामीको उपचार गर्नु परेकाले सामग्रीको कमी हुँदै गइरहेको जनाएको छ ।
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जगन्नाथ तिवारीद्वारा जारी सूचनामा भनिएको छ, “बढी सङ्ख्यामा सङ्क्रमितको उपचार गर्नु परेको, आइसियू, एचडियु, भेन्टिलेटर एवं उच्च मात्राको अक्सिजन आवश्यक पर्ने बिरामीको सङ्ख्या अत्यधिक रहेकाले सङ्क्रमित बिरामीको उपचारमा प्रयोग गरिने सुरक्षा सामग्रीको मौज्दातमा समेत कमी हुँदै गइरहेको छ ।”
विगतमा कोभिडका लागि छुट्याइएको शैय्याका लागि एक महिनाको मौज्दात रहेको भए पनि शैय्या थप गरेपछि त्यसले नधान्ने तिवारीले बताए । उनले बोलपत्र प्रक्रियाबाट खरिद गर्दा पनि एक महिनाभन्दा बढी समय लाग्ने भएकाले सामग्री कमी हुने देखिएको बताए ।
सामग्री अभाव हुँदै जाँदा सङ्क्रमितको उपचार व्यवस्थापन थप कठिन हुँदै गइरहेको अस्पतालले जनाएको छ । हाल पिपिइ र मास्क दैनिक १०० थान आवश्यक परेको छ भने शैय्या थप भएसँगै यो सङ्ख्या पनि बढेर जानेछ ।
अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले तत्कालका लागि सामग्री अभाव हुने भएपछि निजी क्षेत्रलाई सहयोगका लागि आह्वान गरिएको बताए । उनले न्यून आए भएका सङ्क्रमितहरुको सहज उपचारका लागि सहयोग गरिदिन समेत आग्रह गरे ।
उनले भने, “कोरोनाको पहिलो लहरको समयमा झैं अत्यावश्यक सामाग्री भरतपुर अस्पताललाई सहयोग गरिदिन म अपिल गर्दछु ।”
अस्पतालमा धेरै भिडभाड हुँदा सङ्क्रमणको जोखिम बढी हुने भएकाले अति आवश्यक अवस्थामा मात्र अस्पताल आउनसमेत अनुरोध गरिएको छ ।
अत्यावश्यक काममा बाहेक घरबाहिर ननिस्कन र जथाभावी हिँडडुल नगर्न पनि मेसु तिवारीले अनुरोध गरे । उनले सरकारद्वारा जारी स्वास्थ्य सुरक्षा र स्थानीय प्रशासनद्वारा जारी निषेधाज्ञालाई पूर्णरूपमा पालना गर्न पनि अनुरोध गरे ।










आईजीपी कार्कीको निर्णय : कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्मलाई सहुलियत कर्जा बढाउने
प्रधानमन्त्री कप छनोटः गजेन्द्रको शतकमा निङ्गलाशैनी विजयी
रुन्चे गायकको ‘बुढाबुढी’ गीत सार्वजनिक
मधेस प्रदेशका सभामुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता
केन्द्रीय समिति बैठकमा गगन थापाले भने– ‘मैले गल्ती गरेकै हो’
बलिउड अभिनेता धर्मेन्द्रको मृत्युको अफवाह फैलिएपछि सन्नी देओल के भन्छन् ?
झापा महिला गोल्डकपको उपाधि नेपाल पुलिस क्लबलाई
आज २०८२ साल कात्तिक २६ गते बुधबारको राशिफल
वायुसेवा निगमको महाप्रबन्धक नियुक्तिको प्रक्रिया अघि बढाउन प्रधानमन्त्रीको निर्देशन
यस्ता छन् मन्त्रिपरिषद्का १७ निर्णय
प्रतिक्रिया