सलमानको राधे आजबाट डिसहोम र नेट टिभिमा हेर्न सकिने

काठमाडौं । बलिउड सुपरस्टार सलमान खान अभिनित बहुप्रतिक्षित चलचित्र राधे बिहीबार आजदेखि डिसहोम सिनेमाघर र नेट टीभी च्यानल नम्बर १०८ मा हेने सकिने भएको छ । प्रभु देवाले निर्देशन गरेको राधेमा अभिनेता सलमानका साथ दिशा पटानी, जैकी श्राफ, रणदीप हुड्डा मुख्य भूमिकामा छन् ।
लामो समयदेखि नयाँ चलचित्र हेर्न नपाएका दर्शकका लागि राधे’ले मनोरञ्जन प्रदान गरेर कोभिडको महामारी केही समय रमाइलो अनुभूति गराउनेमा डिसहोम सिनेमाघर १०८ का सम्पादक दयाराम पाण्डेयले बताए ।
यसैगरी, नेट टिभि सब्सक्रिप्सन भएका वल्र्डलिंकका ग्राहक महानुभावहरूले उक्त फिल्म रिलिजकै दिन सेटअप बक्समार्फत टीभीमा हेर्न सक्नेछन् । वल्र्डलिंकका ग्राहक नबन्नुभएका सम्पूर्ण महानुभावहरूले चाहिँ नेट टीभी एप डाउनलोड गरेर ‘राधे’ को मनोरञ्जन उठाउन प्रदान गर्ने नेट टिभिले जनाएको छ । ।
“सम्पूर्ण सिनेमा हल र मल्टिप्लेक्सहरू बन्द रहेको अहिलेको विषम परिस्थितिमा मनोरञ्जनका विकल्पहरू सीमित हुँदै गइरहेका छन् । सबैतिर अनिश्चय र बेचैनीको माहौल छ,” नेट टीभीका सीईओ निरन राजभण्डारी भने , “हौसला घट्न नदिई, आफ्नो र अरूहरूको पनि मनोबल बढाउँदै रियललाइफ हिरोका रूपमा व्यवहार गर्नुपर्ने समय हो यो । ‘राधे’ जस्तो फिल्मले मनोरञ्जन मात्र दिँदैन कि, कोरोना भाइरसरूपी भिलेनलाई परास्त गर्न हामीलाई प्रेरित पनि गर्छ । ए–एट डिस्ट्रिब्युसनको सहकार्यमा बलिउडको यो वर्षकै भव्य रिलिज ‘राधे’ को नेट टीभी प्लेटफर्ममा नेपालभर फस्ट डे फस्ट शो गर्न पाउँदा हामीलाई खुसी लागेको छ ।”
यो चलचित्र डिजिटल प्लेटफर्म र हल दुवैमा एकसाथ रिलिज हुँदै छ । राधे डिजिटल प्लेटफर्ममा रिलिज हुने सलमानको पहिलो चलचित्र बन्नेछ ।









भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
एनपिएलको तयारी पूरा
एमालेद्वारा ताप्लेजुङमा जनसभा आयोजना
आज २०८२ साल कात्तिक २७ गते बिहीबारको राशिफल
जेनजी युवाको अभिभावक नै नेपाली कम्युनिष्ट पार्टी हो: संयोजक दाहाल
मधेस प्रदेशका सभामुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता
आईजीपी कार्कीको निर्णय : कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्मलाई सहुलियत कर्जा बढाउने
आज २०८२ साल कात्तिक २८ गते शुक्रबारको राशिफल
प्रतिक्रिया