सलमानको राधे आजबाट डिसहोम र नेट टिभिमा हेर्न सकिने

काठमाडौं । बलिउड सुपरस्टार सलमान खान अभिनित बहुप्रतिक्षित चलचित्र राधे बिहीबार आजदेखि डिसहोम सिनेमाघर र नेट टीभी च्यानल नम्बर १०८ मा हेने सकिने भएको छ । प्रभु देवाले निर्देशन गरेको राधेमा अभिनेता सलमानका साथ दिशा पटानी, जैकी श्राफ, रणदीप हुड्डा मुख्य भूमिकामा छन् ।
लामो समयदेखि नयाँ चलचित्र हेर्न नपाएका दर्शकका लागि राधे’ले मनोरञ्जन प्रदान गरेर कोभिडको महामारी केही समय रमाइलो अनुभूति गराउनेमा डिसहोम सिनेमाघर १०८ का सम्पादक दयाराम पाण्डेयले बताए ।
यसैगरी, नेट टिभि सब्सक्रिप्सन भएका वल्र्डलिंकका ग्राहक महानुभावहरूले उक्त फिल्म रिलिजकै दिन सेटअप बक्समार्फत टीभीमा हेर्न सक्नेछन् । वल्र्डलिंकका ग्राहक नबन्नुभएका सम्पूर्ण महानुभावहरूले चाहिँ नेट टीभी एप डाउनलोड गरेर ‘राधे’ को मनोरञ्जन उठाउन प्रदान गर्ने नेट टिभिले जनाएको छ । ।
“सम्पूर्ण सिनेमा हल र मल्टिप्लेक्सहरू बन्द रहेको अहिलेको विषम परिस्थितिमा मनोरञ्जनका विकल्पहरू सीमित हुँदै गइरहेका छन् । सबैतिर अनिश्चय र बेचैनीको माहौल छ,” नेट टीभीका सीईओ निरन राजभण्डारी भने , “हौसला घट्न नदिई, आफ्नो र अरूहरूको पनि मनोबल बढाउँदै रियललाइफ हिरोका रूपमा व्यवहार गर्नुपर्ने समय हो यो । ‘राधे’ जस्तो फिल्मले मनोरञ्जन मात्र दिँदैन कि, कोरोना भाइरसरूपी भिलेनलाई परास्त गर्न हामीलाई प्रेरित पनि गर्छ । ए–एट डिस्ट्रिब्युसनको सहकार्यमा बलिउडको यो वर्षकै भव्य रिलिज ‘राधे’ को नेट टीभी प्लेटफर्ममा नेपालभर फस्ट डे फस्ट शो गर्न पाउँदा हामीलाई खुसी लागेको छ ।”
यो चलचित्र डिजिटल प्लेटफर्म र हल दुवैमा एकसाथ रिलिज हुँदै छ । राधे डिजिटल प्लेटफर्ममा रिलिज हुने सलमानको पहिलो चलचित्र बन्नेछ ।
















आज रास्वपाको सचिवालय बैठक बस्दै
भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ
राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
सुनचाँदीको मूल्यमा केही गिरावट
प्रतिक्रिया