मंगलबार, मंसिर २५, २०८१

सकिएन भन्दै आ-आफनाे दलमा विफ्रिङ गर्दै देउवा र प्रचण्ड

मेरोन्यूज २०७८ वैशाख ३० गते १७:०५

काठमाडौं । बहुमतिय सरकार गठनका लागि निक्कै कसरथ गरेका कांग्रेस र माओवादी केन्द्र दुवै दलले जसपाको महन्थ राजेन्द्र पक्षको ओलीमोह र एमालेभित्रको माधव नेपाल पक्षको निरीहपनका कारण सरकार गठनको प्रयास सफल हुन नसकेको करिव निश्कर्ष निकालेका छन् ।

Advertisement

कांग्रेस सभापति शेरवहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)का वीचमा देउवा निवास बुढानिलकन्ठमा भएको छलफल पछि दुवै दलले आ आफना प्रभावशाली नेताहरुलाई यसबीचका घटनाक्रमका बारेमा विफ्रिङ गदैछन् । देउवाले अहिले आफ्नै निवास बुढानिलकन्ठमा पार्टीका पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठक बोलाएका छन् । प्रचण्डले पनि पार्टी कार्यालय कोटेश्वरमा स्थायी समिति सदस्यहरुको बैठक बोलाएका छन् ।

प्रयासहरु गरिएकै हुन्, तर जसपाभित्र महन्थ र राजेन्द्रलाई ओली देखि अन्य देशी विदेशी शक्तिहरुले प्रयोग गरे, उनीहरु ओलीकै सहयोगी बन्न तयार भए, एमालेभित्रकै माधव नेपाल पक्ष पनि निरीह जस्तो मात्रै बन्न पुगे , कुनै निर्णय लिन नसक्ने खालका बने, ओलीले भुलभुलैयामै मात्र अल्झाउन सफल रहे, जसकाकारण संसदको गणितका आधारमा बहमतिय सरकार बनाउने गरी संख्या पुरायउन सकिएन’ माओवादी केन्द्रका एक स्थायी समिति सदस्यले मेरोन्यूजसँग भने, –‘देउवाले पार्टी बैठकमा प्रयासहरुका बारेमा विफ्रिङ गर्नुहोला, हाम्रोमा अध्यक्षले त्यही विफ्रिङका लागि अहिले स्थायी समिति बोलाउनुभएको होला ।’

प्रधानमन्त्री ओलीले सोमबार संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि स्वत पदमुक्त भएका थिए । त्यसपछि राष्टपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरुलाई आज साँझ ९ बजेसम्मको समय दिएर बहुमतिय सरकार गठनको आह्रवान गरेकी थिइन् । तर सरकार बनाउनका लागि आवश्यक १३६ सांसद विपक्षी गठवन्धनले जुटाउन सकेनन ।

काग्रेसका ६१, माओवादी केन्द्रका ४८ र उपेन्द्र यादव पक्षका १५ सांसद वैकल्पिक सरकार गठनका लागि तयार भएपनि जसपाकै महन्थ राजेन्द्र पक्ष देखि एमालेकै नेपाल समुहले निर्णय नदिएका कारण सरकार गठनको सम्भावना टरेको हो । एमालेसँग १२१ सदस्य छ । जसपाको महन्थ राजेन्द्र पक्षसँग पनि कम्तीमा १५ सांसद देखिन्छन् । महनथले आफना सांसदलाई विपक्षी गठवनधनमा जानबाट रोक्न भक्तपुरको एक रिसोर्टमा लगेर राखेका छन् ।

जसै गरेपनि वहुमतको सरकार गठनको सम्भावना नदेखिएपछि प्रचण्ड र देउवा दुवैले परिस्थितीका विषयमा आफना पार्टी नेताहरुलाई अहिले विफ्रिङ गर्न खोजेका हुन् । बहुमत दलहरुले पुराउन नसके राष्टपतिले आजै संविधानको धारा ७६९३० अनुसार संसदको सवैभन्दा ठूलो दलका रुपमा एमाले दल नेता केपी ओलीलाई नै प्रधानमन्त्री नियुक्त गर्ने तयारी छ । यसरी नियुक्त भएको प्रधानमनत्रीले ३० दिनभित्र संसदमा विश्वासको मत लिनुपर्ने हुन्छ ।

प्रतिक्रिया