लकडाउनमा घरबेटी अंकल सहयोगी

कोभिड-१९ का कारण २०७६ साल चैत ११ गतेबाट सुरू भएको पहिलो लकडाउनसँगै अहिले भनिएको निशेधाज्ञा त्यहि लकडाउन नै हो । लकडाउन काट्न सबैलाई गारो पर्यो । गत वर्षसँगै यो वर्ष पनि लकडाउनले सबैलाई समस्या सिर्जना गरेको छ ।
लकडाउनमा खान नपाउने समस्यादेखि औषधोपचार गर्ने सम्मको समस्याले सबै पिडित हुनुपरेको दोहोराउनु पर्दैन ।
त्यसो त हुनेले डिजिटल प्रविधिबाट घरमै आनन्दसँग बस्न सके । केही चिज चाहियो मोबाइलबाट काम तमाम । तर नहुने र दिनदिनै केही गरेर खानेको आँखामा यहि लकडाउनले बाधा ल्याएको हो ।
गतवर्षसँगै अहिलेको मेरो मार
मेरो घरको स्थिति पनि २०७६ देखि ०७७ को लकडाउन जस्तै अहिले ०७८मा फरकता छैन । मेरो बा आमाले हामीलाई हुर्काउन, पढाउनका लागि मिनभवनमा खाजा पसल सञ्चालनमा ल्याउनुभएको छ ।
लकडाउनको समय खाजा पसल बन्द हुँदा खानेदेखि पसल भाडा, कोठाभाडा तिर्न हाहाकार भयो । तर सहयोगी अंकल (हाम्रो कोठाको घरबेटी) ले आफ्नो परिवारको सदस्य झै हामीलाई सहयोग गर्नुभो, लकडाउनमा । अहिले भएको निशेधाज्ञामा पनि उहाँको सहयोगले निरन्तरता पाएको छ ।
यद्यपी केही गरी खाने, पढ्ने र सहजकता ल्याउने हामी ५ जनाको परिवार (बा, आमा, दुई जना भाइ र म) लाई पसले घरबेटीले अफ्टारोमा पारेका छन्, गतवर्ष जस्तै यसवर्ष पनि । पसलको भाडामा घरबेटिले एक रुपैँया पनि छुट गरिदिएको पहिला पनि थाहा भएन यसपाली त गर्ने भन्नेमा उल्टै लकडाउन छ, पसल भाडामा मिलाउनु सापटी देऊ भन्दै बालाई सताउँछन् । बाले आखिर दिने हो पछिका सट्टा अहिले लान्छ भने नी लैजाउस् । भाको बेला थिएन । सत्य भन्नु पर्दा त हामीले भाडा दिएपछि त्यो पैसा नसकिन्जेल रक्सि खाएर बस्ने पसलको घरबेटिले उत्तरदायित्व जान्दैनन् ।
लकडाउन भएको केहि दिन त बिदा भयो भनेर हामीहरू (दुई जना भाइ र म) खुसी भयौँ रमायौँ । तर केही समय पछी दिन काट्न पनि गाह्रो हुन थाल्यो । सतहत्तर सालको जेठ देखि अनलाइन कक्षा सञ्चालन हुन थाल्यो । त्यसपछि ३, ४ घण्टा पढाइमै समय जान थाल्यो । अनलाईन कक्षा पनि रमाइलो भयो । तर यो अनलाईन हामीजस्तो निम्न मध्यम परिवारलाई हर्ष न बिस्मात जस्तै हुन थाल्यो । पहिला पनि अनलाइन पढाई अहिलेको निशेधाज्ञामा पनि अनलाइन कक्षा । आहिलेको लकडाउनपछि फेरी अनलाइन कक्षा सञ्चालन भइरहेको छ । कक्षामा भएका सबै विध्यार्थी मध्ये आधा विध्यार्थी पनि अनलाइन कक्षामा पढ्न पाएका छैनन । धेरैको पढाईमा पनी असर परेको छ । नबुझेपनि बुझेझै गर्नुपर्ने समस्या म लगायत सबैलाई हुन्छ होला ।
अनलाइन कक्षामा पढेकाहरुलाई त अल्ली सजिलो भयो तर अनलाइन कक्षा नपढेकाहरुलाई गाह्रो भयो हामिहरुलाई परिक्षा जेठ ४ गते बाट हुन्छ भनिएको थियो तर त्यो परिक्षा पनी सर्यो । कारण जेठ १३ गतेसम्म लकडाउन । यो फेरी बढ्ने होकी ?
हामीहरू बस्ने कोठा सानो भएकाले पसलमा खाना पकाएर खानु पर्छ । तर प्रहरीले पसल खोल्न पहिला पनि दिएनन् अहिले पनि दिदैनन्, सबै लुकेर समय मिलाएर दौडधुप गरेर मिलाउन बा आमा लागेको लाग्यै छन् ।
पसलको सटर बन्द गरेर खाना, खाजा पकाएर खानुसँगै प्रहरीले देख्दा पुलिस गाडीमा बा जानुपरेको कहिल्यै बिर्सिदैन ।
गतवर्ष पुसपछि लकडाउन खुल्छ त्यसपछि काम गरेर खान त पाउछु भन्ने आशा धेरै मनिसमा देखियो । माघको आन्तिम सम्म त पुरै लकडाउन खुल्यो । काम पनी राम्रै चल्न थाल्यो । २÷ ४ महिना सम्म काम गर्न पाए त सबै भाडा तिरेर सकौला भन्ने आश बोकेर बा आमा लगायत सबैले काम गर्न थाले । हाम्रो पढाई पनि शुरु भयो । एउटा कक्षा सकेर अर्को कक्षामा सहभागि भयौं ।
हाम्रा छिमेकीको कूरा सुन्दा केहिले भाडा तिरेर सकाए तर केही ले तिरेर सकाउन सकेनन । हाम्रो पसले घरबेटी जस्तो धेरै जना घरबेटीको दबाबमा पनि आए । मानीसहरुले माक्स र सेनिटाइजरको प्रयोग पनि कम गर्न थाले र केहीले माक्स नलगाई पनि हिड्न थाले ।
त्यो समय लामो हुन नपाई यहि बैशाख १६ गतेदेखि फेरी लकडाउन अर्थात निशेधाज्ञाको मारमा सबै परेका छन् । कोरोनाको सङ्क्रमण दर फेरी बड्न थाल्यो र मृत्यू दर पनी बड्न थाल्यो ।
हाम्रो छिमेकीहरुले पनी सङ्क्रमणका कारण ज्यान गुमाउनु परेको छ । त्यसैले अति आवश्यक नपरेको बेलमा घरबाट बहिर ननिस्कने, घर बहिर निस्किन परेमा मास्क र सेनिटाइजरको प्रयोग गर्ने गरौ । घरमै बसौ स्वास्थ रह्औ ।
कोरोनाको संक्रमणका कारण धेरैले ज्यान पनि गुमाउनु परेको थियो । लकडाउनमा पहिलाजस्तै अहिले पनि धेरै मानिसहरू पिडामा थिए । धेरैले त खान नपाएर भोक भोकै रात काट्नु परेको थियो । कोठाको भाडा तिर्न नसकेर घरबेटिले निकालिदिएको कुरा पनि सुन्न थालिएको छ । देशमा कोरोना संक्रमणलाई घटाउन भनेर लकडाउन गरिएको थियो तर कोभिड १९ को सक्रमण भने धेरै उचाइमा पुगेको थियो । कोरोनाको संक्रमणका कारण धेरैले ज्यान पनि गुमाइ सकेका थियो ।
बिदेसिएका नागरिकहरू नाकामै अलपत्र परेका छन् । रासन पानी पनि अलिअलि बाडिएको छ । तर त्यो पनि कुहिएर डल्ला परेको छ । देशको स्थिति पनि धेरै नाजुक भइसकेको थियो । नेताहरुलाई आफ्नो पदको मात्र चिन्ता थियो । मान्छेहरू भोकमरिले पनि मरिरहेका छन् । तर राष्ट्रपति भने डण्÷ढण् करोडको गलैँचा खिनेर बस्नु भएको थियो । सत्य देखाउने पत्रकार र मिडिया माथि आक्रमण पनि भइरहेको सुन्न पाईन्छ ।

लेखिका गैरे रत्नराज्यलक्ष्मी विद्यालय पूरानो बानेश्वरमा ८ कक्षामा अध्ययनरत छिन् ।
प्रतिक्रिया