आईजीपी कार्कीको निर्णय : कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्मलाई सहुलियत कर्जा बढाउने

काठमाडौं- नेपाल प्रहरीका ३३ औँ महानिरीक्षक दानबहादुर कार्कीले बिहीबार प्रधान कार्यालय नक्सालमा पद बहाली गरेका छन् । उनले पद बहालीसँगै कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्मलाई सहुलियत कर्जाको सुविधा बढाउने पहिलो निर्णय गरेका छन्।
पदभार ग्रहणपछि नीति समन्वय समितिको बैठकमा उनले कल्याण कोषबाट दुई लाख रुपैयाँसम्म आकस्मिक कर्जा दिने निर्णय गरेका हुन्। जसबाट अब ५ प्रतिशत ब्याजदरमा कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्मका कर्मचारीले कर्जा पाउने छन्।आकस्मिक अवस्थामा आकस्मिक सहुलियत अल्पकालीन कर्जा दिने निर्णय भएको प्रहरी प्रवक्ता डीआईजी अभिनारायण काफ्लेले जानकारी दिए।
यस प्रयोजनका लागि यही आर्थिक वर्षमा अधिकतम् १० करोड रुपैयाँ छुट्याउने तयारी छ । प्रहरी प्रधान कार्यालयले शिक्षा, स्वास्थ्य तथा घरायसी समस्या परेका प्रहरी कर्मचारीलाई कार्यविधि बनाएर सहुलियत कर्जा दिने निर्णय गरेको हो।












आज साेमबारकाे तरकारि र फलफुलकाे मूल्य
अल्पायुमै अस्ताए प्रशान्त…
आज विद्यार्थीले बनाएको ‘मुनाल’ उपग्रह प्रक्षेपण हुँदै
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
प्रतिक्रिया