आईजीपी कार्कीको निर्णय : कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्मलाई सहुलियत कर्जा बढाउने

काठमाडौं- नेपाल प्रहरीका ३३ औँ महानिरीक्षक दानबहादुर कार्कीले बिहीबार प्रधान कार्यालय नक्सालमा पद बहाली गरेका छन् । उनले पद बहालीसँगै कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्मलाई सहुलियत कर्जाको सुविधा बढाउने पहिलो निर्णय गरेका छन्।
पदभार ग्रहणपछि नीति समन्वय समितिको बैठकमा उनले कल्याण कोषबाट दुई लाख रुपैयाँसम्म आकस्मिक कर्जा दिने निर्णय गरेका हुन्। जसबाट अब ५ प्रतिशत ब्याजदरमा कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्मका कर्मचारीले कर्जा पाउने छन्।आकस्मिक अवस्थामा आकस्मिक सहुलियत अल्पकालीन कर्जा दिने निर्णय भएको प्रहरी प्रवक्ता डीआईजी अभिनारायण काफ्लेले जानकारी दिए।
यस प्रयोजनका लागि यही आर्थिक वर्षमा अधिकतम् १० करोड रुपैयाँ छुट्याउने तयारी छ । प्रहरी प्रधान कार्यालयले शिक्षा, स्वास्थ्य तथा घरायसी समस्या परेका प्रहरी कर्मचारीलाई कार्यविधि बनाएर सहुलियत कर्जा दिने निर्णय गरेको हो।
कांग्रेसले भीष्मराज आङ्देम्बेलाई संसदीय दलकाे नेता बनाउने
शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता
महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न
उदयपुरमा बेपत्ता भएका राई पाँच दिनपछि मृतावस्थामा फेला
‘आगामी बजेटले दीर्घकालीन सुधार तथा राष्ट्रिय अर्थतन्त्रमा गुणक प्रतिफल सृजना गर्नेछ’:डा सञ्जय आचार्य















तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
सञ्चारमन्त्री तिमिल्सिनासँग अमेरिकी र कोरियाली राजदूतको छुट्टाछुट्टै भेट
प्रतिक्रिया