थप ८,९६० जनामा कोरोना पुष्टि, २१४ जनाको मृत्यु
मेरोन्यूज
२०७८ वैशाख ३० गते १७:५१

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८ हजार ९६० जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका बिभिन्न प्रयोगशालामा १९ हजार ४ सय ७४ जनाको पीसीआर बिधिबाट नमुना परीक्षण र ७७१ जनाको एन्टीजेन परीक्षण गर्दा थप ८ हजार ९६० जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।
पछिल्लो २४ घण्टामा थप २१४ जना संक्रमितको मृत्यु भएको छ । हिजो बुधबार १६८ जनाको मृत्यु भएको थियो। यो संगै नेपलमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ हजार ४६६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा अवधिमा २१४ जनाको मृत्यु भएको छ । भने ५ हजार ५५ जना कोरोना मुक्त भएका छन् ।
देशभर सक्रिय संक्रमितको संख्या १ लाख ५ हजार २०७ पुगेको छ । क्वारेनटीनमा ४९७ जना छन् । त्यसैगरी देशभरका कोभिड अस्पतालका आइसीयूमा १ हजार ३८१ र भेन्टीलेटरमा ३८० जना उपचाररत छन् ।
सम्बन्धित
















ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्तीका घरटहरा हटाउने क्रममा २२ सुरक्षाकर्मी घाइते
आज आइतबार कस्तो रहला तपाईँको भाग्य ? हेर्नुहोस् राशिफल
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
प्रतिक्रिया