काठमाडौंबाट कोरोनाका बिरामी हेलिकप्टर चार्टर्ड गदै बिएण्डसी जाँदै
अहिलेसम्म १५ संक्रमित आइसके - बिएण्डसी

काठमाडौं । ललितपुरकी ५७ वर्षिया कोरोना संक्रमित महिलालाई झापाको विर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएको छ। कोरोना पुष्टि भएर होम आइसोलेसनमा बसेकी ति महिला स्वासप्रश्वासमा समस्या देखिएपछि उपत्यकाका अस्पतालमा अक्सिजनसहितको बेडका लागि खोजी गरे पनि नपाइएपछि हेलिकप्टर चार्टर्ड गरी बिहिबार आफन्तले बिएण्डसी अस्पताल लगेका हुन् ।
बिएण्डसी अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले भने ,“ काठमाडौंमा अक्सिजनसहितको आइसियू बेड नपाएपछि हेलिकप्टरबाट आज यहाँ आउनुभएको छ, अहिले उहाँको उपचार भइरहेको छ ।”
कोरोनाका जटिल समस्या देखिएका काठमाडौंमा अक्सिजन,आइसीयू नपाएर उपचारका लागि बिएण्डसीमा काठमाडौंबाट हालसम्म १५ जना उपचारका लागि पुगेका छन् । बिएण्डसीका जनसम्पर्क अधिकृत प्रमिश गिरी भन्छन् “अस्पतालमा कोभिड भएर उपचारका लागि आएका १५ जनामध्ये ८ जना आइसीयूमा थिए ,उनीहरु अहिले नर्मल वार्डमा सारिएको छ छिटै नै डिस्र्चाज गछौ, अन्य ७ जना आइसीयूमा उपचाररत रहेका छन् ।”
पछिल्लो समय ‘हवाई बेड लिफ्ट’ भई थप उपचारार्थ झापा बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा पु¥याइएका अधिकाशं बिरामी होइआइसोलेशनमा नै बसेका पुग्ने गरेका छन् । हाल बिएण्डसीमा ८६ जना कोरोना संक्रमित उपचाररत रहेका छन् । जसमा ३५ जना आइसीयूमा रहेका छन् । १२ जना एचडीयूमा र अन्य आइसोलेसनमा उपचाररत रहेका छन् ।
बिएण्डसीले जम्मा कोरोना संक्रमितका लागि २०० बेड छुट्याएको छ । जसमा ६० वेडको आइसीयू ,२० बेडको एचडीयू र ३५ वटा भेनिटलेटर रहेका छन् ।
काठमाडौँँ लगायत प्रमुख शहरका सरकारी तथा निजी अस्पतालमा भेन्टिलेटर सहित सघन उपचार कक्ष ,आइसियू र अक्सिजनको चरम अभाव भएपछि जटिल सङ्क्रमित धमाधम बिएण्डसीमा ‘हवाई लिफ्ट’ गरी उपचारका लागि पुग्ने गरेका देखिन्छ ।
पछिल्लो केही दिन यता काठमाडौं उपत्यकामा निजि अस्पतालहरुले सुचना जारी गदै अक्सिजनको अभावले कोरोनाका नयाँ बिरामी भर्ना नलिने घोषणा गरिरहेका छन् ।
प्रतिक्रिया