टेलिकमको लकडाउन अफर, ३९ रूपैयाँमा अनलिमिटेड डाटा

काठमाडाैं । यही वैशाख १६ गतेदेखि काठमाडौँ उपत्यकाका तीन जिल्लासहित अधिकांश जिल्लामा निषेधाज्ञा लागु भएसगैँ नेपाल टेलिकमले लकडाउन ‘स्टे कनेक्टेड’ अफर सार्वजनिक गरेको छ । निषेधाज्ञाको समयमा घरमा नै बसेका सेवाग्राहीलाई ध्यानमा राख्दै टेलिकमले उक्त अफर सार्वजनिक गरेको हो ।
उक्त अफर शुक्रबारदेखि एक महिनाका लागि लागु हुने टेलिकमका प्रवक्ता राजेश जोशीले जानकारी दिए । उनका अनुसार उक्त अफरअन्तर्गत एक महिनाका लागि अनलिमिटेड ‘डे डाटा प्याकेज’ र ‘रिचार्जमा डाटा बोनस’ उपलब्ध हुनेछ । अनलिमिटेड डे डाटा प्याक अफर रु ३९ मा उपलब्ध हुनेछ भने उक्त डाटा प्याकको स्पिड १ एमबीपीएससम्म रहेको प्रवक्ता जोशीले जानकारी दिए ।
लकडाउन स्टे कनेक्टेड अफरअन्तर्गत खरिद गरिएको प्याक चलाउन सकिने समयावधि २४ घण्टाको हुनेछ । दैनिक रूपमा एक पटक बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म मात्र चलाउन सकिनेछ । यस्तैगरी, टेलिकमले निषेधाज्ञाको अबधिमा एमपोस अर्थात् विभिन्न भुक्तानी सेवा प्रदायकका माध्यमबाट मोबाइलमा रिचार्ज गर्दा बोनस डाटासमेत पाउनेछन् ।
रु २०० देखि रु ४९९ सम्म रिचार्ज गर्दा बोनस स्वरूप ५०० एमबी डाटा उपलब्ध हुनेछ । उक्त डाटा २ दिनभित्र प्रयोग गरिसक्नुपर्नेछ । यस्तै रु ५०० वा सो भन्दाबढी रकम रिचार्ज गर्दा एक हजार २४ एमबी डाटा उपलब्ध गराइने छ । उक्त डाटा चार दिनभित्र प्रयोग गरिसक्नुपर्नेछ ।

















HoR elections: 186,000 temporary voters to cast vote for PR system
सामसङको ‘ह्यान्ड रेजर’ प्रि–रिजर्भ अफर घोषणा
गोरखाको एउटा मतदान केन्द्रको नेतृत्व महिला कर्मचारीलाई
सशस्त्र प्रहरीका २३ बरिष्ठ उपरीक्षकहरु निर्वाचन अनुगमनमा
लिचीबारी घुस प्रकरणमा रन्जिता श्रेष्ठलाई धरौटीमा छाड्न आदेश
निर्वाचन आयाेगले भन्याे– निर्वाचन चिह्नको भौतिक स्वरूप प्रयोग नगर्नु/नगराउनू
Nepal’s Cooperatives at Risk: Legal Concerns over RSP’s Policy
पोखरादेखि ३४ यात्रु लिएर बेलुका ७ बजे छुटेको थियो धादिङमा दुर्घटनामा परेको बस
प्रतिक्रिया