आजको राशिफलः वैशाख ३१ गते शुक्रबार

काठमाडौं । आज २०७८ साल वैशाख महिनाको ३१ गते शुक्रबार, वैशाख शुक्लपक्षको तृतीया तिथि । आज अक्षय तृतीया, परशुराम जयन्ती, शिवपार्वती विवाह महोत्सव तथा युगादी तिथि रहेको छ । अब लागौं आजको राशिफलतर्फ
मेष
आत्माबल दृढ हुने छ । आँटिलो ब्यक्तित्व हुने छ । जोखिमपूर्ण कामहरुमा हात हाल्ने स्वाभाव बढ्ने छ । यश, कीर्ति र ख्यातिमा बढोत्तरी हुने छ । पेशागत जीवन सामान्य रहने छ । पारीवारिक जीवनमा मधुरता हुने छ । पारीवारिक सदस्यहरुको मेलमिलापले गर्दा धन धान्यमा बृद्धि हुने छ । राजनीतिक क्षेत्रमा र प्रशासनीक क्षेत्रमा रहेकाहरुलाई समय अनुकुल छ । पशुपालन, कुखुरापालन, खेति, रसायनीक मलको कारोवार, ग्रिल उद्योग, फलामको कारोवार आदी जस्ता क्षेत्रका सक्रियहरुलाई समय सकारात्मक रहेको छ ।
वृष
नेतृत्व क्षमतामा कमि आउने छ । मान मर्यादा तथा इज्यतमा कमि आउने छ । आत्माबलको कमि हुने भएकाले कता कता डर लागिरहेको जस्तो हुने छ । मनमा दुविधा बढ्ने छ, यसले गर्दा तपाईप्रति अरुको दुविधात्मक धारणा बन्न पुग्ने छ । भाग्यको बलियो साथ रहेकाले पेशागत जीवनबाट भने स्थिरता कायम रहन जाने छ । आफैले सृजना गरेका सुख सुविधाका साधनहरु बेच्नु पर्ने समय सक्रिय रहेकाले धेरै जोखिम भन्दा सामान्य विषयहरुलाई निरन्तरता दिँदा ठिक हुने छ ।
मिथुन
आम्दानीमा बृद्धि हुने भएकाले यसले तपाईलाई आँटिलो स्वाभावको बनाई दिने छ । तर धेरै उत्साही भइ हाल्ने समय भने छैन् । मनोबलमा बृद्धि हुने भएकाले दृढता बृद्धि हुने छ । उद्योग कलकारखाना तथा कार्यालयमा श्रमिकहरुसँग बिबाद हुने अवस्था निम्तिने छ । सञ्चित धन सम्पत्ति तथा बैंक ब्यालेन्स खर्च हुन सक्ने भएकाले ब्यवहारिक विषयमा ध्यान दिनु होला । रिसाह ब्यक्तित्व बन्ने भएकाले रिस धेरै उठ्न जाने छ, यस विषयमा संयमित नबने झैझगडाको अवस्थामा पु¥याई दिने छ । मनमा उदासिनता छाउने छ ।
कर्कट
भाग्यको साथ छैन । जसले गर्दा अपजस खेप्नु पर्ने छ । कमाउनु पर्दछ र आफ्ना लक्ष्यप्रति समर्पित हुने भावनामा दृढ रहने स्वाभाव हुने छ । बोलीको प्रभाव घट्ने भएकाले थोरै थोरै मात्र बोल्ने गरेमा फाइदा हुने छ । पेशागत जीवनमा आँकलन नगरिएका समस्याहरु देखा पर्ने छन्, संयमित रहनु होला । कतिपयको हकमा गरिरहेको पेशा ब्यवसाय गुमाउनु पर्ने वा अबरोधको सामना गर्नु पर्ने समय रहेकाले धैर्यतासाथ निर्णयहरु लिनुहोला । जीवनसाथिबाट पूर्ण साथ पाइने भएकाले समस्यासँग साझा तरीकाले जुधेमा जित्न सकिने छ ।
सिंह
समय अनुकुल देखिन्छ । भाग्य बलियो छ । आम्दानीमा बृद्धि हुने छ । आफुले लिएको लक्ष्य प्राप्ति हुने छन् । दृढ खाले ब्यक्तित्व हुने छ भने यसले ब्यक्तित्वको कदर हुने छ । आफ्नो मेहनत र सक्रियताबाट आफ्नो भाग्य निर्माण गर्ने तर्फ दृढता आउने छ । मनोबल उच्च हुने भएकाले देखा पर्ने समस्या तथा चुनौतिसँग जुध्ने शक्ति उत्पन्न हुने छ । मनमा अलि दुविधाले सताउने छ । दापत्य जीवनमा भने केही कटुता उत्पन्न हुन जाने भएकाले बिबादमा नउत्रनु होला । साझेदारीमा गरिएका कामहरुमा पनि उल्झनहरु देखा पर्न जाने छन् ।
कन्या
समय संयमित रहनु पर्ने खालको छ । आम्दानीमा गिरावट आउने छ, जसले गर्दा मनमा निराशा उत्पन्न हुन जाने छ । मानसम्मान, कीर्ति तथा ख्यातिमा कमि आउने छ । साझेदारहरु मिलेर गरेको काममा बिबाद हुने भएकाले बिबादबाट भन्दा छलफलबाट विषयवस्तुहरु सुल्झाउँदा उपयुक्त हुन छ । आत्माबलको कमि हुने भएकाले नेतृत्व क्षमतामा निकै कमि आउने छ । अरुले हेप्न खोज्ने छन् । तर बोलीको प्रभाव भने बढ्न जाने भएकाले अरुको विश्वास भने जित्न सकिने छ । बाध्यात्मक रुपमा यात्रामा निस्कनु पर्ने अवस्था आउछ ।
तुला
समय अलि प्रतिकुल चलिरहेकाले धैर्यता साथ अघि बढ्नु होला । बोलीको प्रभाव घट्ने छ । राम्रो बोल्न खोज्दा पनि नराम्रो नतिजा आउन जाने भएकाले बाणिमा संयमताको खाँचो छ । पेशागत जीवन र ब्यवसायमा चुनौतिहरु देखा पर्ने छन्, अवरोधहरु धेरै आउने छन् । रोजगारी गुमाउने तथा पेशामा गम्भीरखालको लाञ्छाला लाग्ने भएकाले यसबारेमा निकै विचार गरेर मात्र ब्यवहार गर्नु होला । मनमा दुविधा बढ्न जाने छ । मनमा उदासिनता बढ्ने भएकाले निन्द्रामा समस्या देखिन जाने छ ।
वृश्चिक
धैर्य भएर पाइला चाल्नु पर्ने समय रहेको छ । मनमा अत्याधिक निराशा बढ्ने छ । सकारात्मक भन्दा नकारात्मक विचारले घेर्ने भएकाले मनमा उत्साह र उमङ्गको कमि हुने छ । यसले कार्य क्षमतामा पनि गिरावट ल्याउने भएकाले तपाईको पेशागत जीवनमा कार्यक्षमतामा ह्रास ल्याउने छ । शरीर कमजोर हुने छ भने मनोबल घट्ने भएकाले अरुले हेप्न खोज्ने छन् । जीवनसाथिको साथसहित अघि बढेमा समस्याहरुसँग जुध्न उपयुक्त सल्लाह र साहस प्राप्त हुने छ ।
धनु
भाग्यको बलियो साथ छ । बाठोपनामा बृद्धि हुने भएता पनि मनमा भने दुविधाले सताउने छ । बोलीको प्रभाव कम हुने भएकाले थोरै तर गम्भीर रुपमा मात्र बोल्ने गर्नु होला । दाम्पत्य जीवनमा भनाभन हुने समय रहेकाले एकअर्काको भावना बुझ्ने तर्फ ध्यान दिनु होला । साझेदारीमा गरिएका कामहरुमा पनि अबरोध आउने भएकाले बिबादबाट भन्दा समझदारीबाट छलफलबाट समाधान निकाल्दा ठिक हुने छ । पारीवारिक जीवनमा भने मिलन हुने छ, प्रेमको बढोत्तरी हुने छ । परिवारको साथले गर्दा समस्याहरुसँग सामना गर्न शक्ति प्राप्त हुने छ ।
मकर
मनोबल उच्च हुने भएकाले दृढ ब्यक्तित्व निर्माण हुने छ । जीवनसाथिको साथले प्रगति हुने छ भने कठिनाईमा जीवनसाथिको साथ पाइने छ । कठिन परिस्थितिसँग जुधेर त्यसलाई पार लगाउने अदम्य साहस प्राप्त हुने छ । तर रिस बढि हुने भएकाले अरुले सनकी ब्यक्तिका चित्रण गर्न पुग्ने भएकाले संयमिताको खाँचो छ । आम्दानीमा कमि आउने भएकाले चिन्ता भने थपिदिने छ । साझेदारीमा गरिएका काममा हिसाव किताब तथा आम्दानीको बाँडफाँडका बारेमा असमझदारी उत्पन्न हुने समय भएकाले संयमता अपनाउनु होला ।
कुम्भ
परिवारका सदस्यहरुको तपाईप्रतिको विश्वास बढ्न जाने छ । घर घडेरी, गाडी तथा सवारीसाधनको अवस्थामा सुखद् विकास हुने छ । मनमा अत्याधिक अन्योलता बढ्ने छ, यसले निर्णय क्षमतामा गिरावट ल्याउनुका साथै बेखुशी बनाउने छ । पेशागत जीवनमा विभिन्न कठिनाईहरु उत्पन्न हुन जाने छन्, संयमित रहनु होला । मेहनत र पराक्रमी स्वाभावमा भने बृद्धि हुने छ । आम्दानीमा हुने थोरै बृद्धिले केही राहत प्रदान गर्ने छ । जीवनसाथिको दरिलो साथ प्राप्त हुने छ ।
मीन
अत्यन्त दुविधात्मक ब्यक्तित्व हुने छ । कहिले के गरौँ त कहिले के गरौँ जस्तो लागि रहने छ । आम्दानीमा हुने केही बृद्धिले मनमा राहत प्रदान गर्ने छ । कठिनाईहरुसँग जुधन परिवारको साथ मिल्ने छ । परिवारका सदस्यहरुले तपाईप्रति पूर्ण विश्वास गर्ने छन् । बोलीमा प्रियताको अभाव हुने छ, यसले सम्बन्धहरुमा चिसोपना ल्याई दिने छ । त्यसैले बाणि नियन्त्रणमा ध्यान दिनु होला । पेशागत जीवनमा केही समस्याहरु देखा पर्न जाने छन् । भाग्यको साथ रहेकाले धेरै नकारात्मक अवस्था भने हुने छैन् ।

ज्यो. दिवाकर पन्त
ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८













सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट सय भन्दा बढी बालबालिकाको मृत्यु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
प्रतिक्रिया