६० प्रतिशत छायांकन सकेर प्रेमगन्जु टिम फर्कियो काठमाडौँ

काठमाडौँ । चर्चित नायिका सुरक्षा पन्त र निर्देशक मनोज पण्डीतको मुर्हुत सटबाट छायांकन सुरु गरेको चलचित्र प्रेमगन्जको छायांकन युनिट ग्रामिण क्षेत्रको छयांकन पुरा गरि काठमाण्डौ फर्किएको छ ।
काभ्रेको कात्तिके देउरालीमा बैशाख ०७ गते देखि २७ गते सम्म चलचित्र छयांकन गरि सम्पूर्ण युनिट काठमाण्डौ फर्किएको हो । हाल सम्म चलचित्रको ६० प्रतिशत छायांकन सकिएको छ भने बाँकी ४० प्रतिशत छयांकन कोरोना महामारीको प्रभाव कम भई निषेधाज्ञा हटे पश्चात काठमाण्डौमा गरिने निमार्ण टिमले जानकारी दिएको छ ।

विशुद्ध प्रेमकथामा आधारित यस चलचित्रमा बेनिशा हमाल,तेज गिरी,सम्पदा बानिया, रश्मी भट्ट, नरेश पौडेल, रामबाबु रेग्मी, गिता अधिाकारी, पवन भट्टराई, संजोग रसाईली, गित बिष्ट, राईडर प्रशन्त, सुप्रिया खनाल, सिम्रन खड्का, अन्चित ढुङ्गाना लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्र निमार्णमा कुनै कन्जुस्याँई नगरि अत्याधुनिक प्रविधिहरु मार्फत चलचित्र खिचिएको छायाँकार सन्जय लामाले बताए ।

चलचित्र चौतारिको ब्यानरमा निमार्ण हुन लागेको यस चलचित्रका निमार्ता राजु फुयाँल हुन भने कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ रहेका छन् । सम्पूर्ण टिमले अत्यन्तै मेहनतका साथ काम गरेको र यस चलचित्रले आम दर्शकलाई बेग्लै किसिमको अनुभुती दिलाउनेमा विश्वस्थ रहेको यस चलचित्रका निर्देशक परिच्छेद सेनले बताए ।

















स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का
Malekhu-Muglin road to be closed for six hours at night from today
इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
कुन विदेशी मुद्रा कतिमा कारोबार हुँदैछ आज ?
प्रतिक्रिया