कोरोना सर्ने भन्दै चीनले सगरमाथा आरोहण गर्न रोक्ने
मेरोन्यूज
२०७८ जेठ १ गते १४:५०

काठमाडौँ । चीन सरकारले आफ्नो देशको तिब्बततर्फबाट सगरमाथा आरोहण गर्न केही समयका लागि रोक लगाएको छ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण दर उच्च रहेको भन्दै चीनले सगरमाथा आरोहणमा रोक लगाएको हो ।
नेपालतर्फको आधार शिविरमा केही आरोहीमा कोरोना संक्रमण देखिएपछि चीनले सावधानी अपनाउँदै आरोहणमा रोक लगाएको समाचारमा जनाइएको छ ।
चीनले यो सिजनमा ३८ जना चिनियाँ नागरिकलाई सगरमाथा आरोहण गर्न अनुमति दिएको थियो ।
यसैबीच नेपालले यही सिजनमा ४०८ जनालाई आरोहण गर्न अनुमति दिएको थियो । गत वर्ष चीनको वुहान शहरबाट उत्पत्ति भएको कोरोनाका कारण विश्वभर ठूलो महामारी फैलिएको छ ।
सम्बन्धित
















होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
प्रतिक्रिया