बिहीबार, वैशाख २४, २०८३

नौ महिनामा एक हजार बढीको शल्यक्रिया

मेरोन्यूज २०८३ वैशाख २४ गते २०:१२

ढोरपाटन– धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा विशेषज्ञ सेवा थपिँदै गएपछि बिरामीको चाप बढ्दै गएको छ । अञ्चल अस्पताललाई गण्डकी प्रदेश सरकारले स्तरवृद्धि गरी प्रादेशिक अस्पताल बनाएपछि बिरामीको सङ्ख्यासमेत बढेको हो । 

Advertisement
NiccNicc

अस्पतालले चौबिसै घण्टा आकस्मिकसहित साना तथा ठूला शल्यक्रिया र विशेषज्ञ सेवालाई प्रभावकारी बनाउन थालेको छ । दुई वर्ष अगाडिसम्म सामान्य शल्यक्रियाका लागि पोखरा पुग्नुपर्ने बाध्यता रहेकामा अहिले जटिल किसिमका शल्यक्रिया गर्न पनि बिरामी यहीँ आउने गरेका छन् ।

गत साउनदेखि हालसम्म यस अस्पतालमा एक हजार ४३ जनाको शल्यक्रिया गरिएको अस्पतालका मेडिकल रेकर्डर नवराज पौडेलले जानकारी दिए ।

एकसय जनाको हाडजोर्नीसम्बन्धी मुख्य अपरेशन, १९ जना आङ खसेका महिलाको शल्यक्रिया, १८ जनाको पित्तथैलीको शल्यक्रिया गरिएको पौडेलले बताए। 

प्रतिक्रिया